एथलेटिक क्लबलाई ध्वस्त बनाउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा
सारांश
- साउदी अरबमा भएको स्पेनिस सुपर कपको सेमिफाइनलमा बार्सिलोनाले एथलेटिक क्लबलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ।
- बार्सिलोनाले खेलको पहिलो हाफमा चार गोल गर्दै विपक्षी टोलीलाई स्तब्ध बनायो र इतिहास रचेको छ।
- बार्सिलोनाले ह्यान्सी फ्लिकको प्रशिक्षणमा लगातार नौ खेल जित्दै उपाधिका लागि जेद्दामा खेल्नेछ।
जेद्दा । साउदी अरबमा जारी स्पेनिस सुपर कपको सेमिफाइनलमा साविक विजेता बार्सिलोनाले एथलेटिक क्लबलाई फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
१५ पटकको च्याम्पियन बार्सिलोनाले खेलको पहिलो हाफमै १६ मिनेटभित्र चार गोल गर्दै विपक्षी टोलीलाई स्तब्ध बनायो। स्पेनिस सुपर कपको इतिहासमा सेमिफाइनल खेलको पहिलो हाफमै चार गोल गर्ने बार्सिलोना पहिलो टोली समेत बनेको छ।
बार्सिलोनाका लागि २२ औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै खाता खोलेका थिए। त्यसको लगत्तै फर्मिन लोपेजले उत्कृष्ट प्रहार गर्दै टोलीको अग्रता दोब्बर बनाए।
खेलमा बार्सिलोनाको दबाब यति बलियो थियो कि रुनी बार्डजीको कडा प्रहार एथलेटिक क्लबका गोलकिपर उनाई सिमोनको हातबाट चिप्लिँदै गोलमा परिणत भयो। त्यसपछि राफिन्हाले गोल गरेपछि ३८ मिनेटभित्रै बार्सिलोना ४–० को सुरक्षित स्थितिमा पुग्यो। दोस्रो हाफ सुरु भएको चार मिनेटमै ब्राजिलियन खेलाडी राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ५–० को जित दिलाए।
ह्यान्सी फ्लिकको प्रशिक्षणमा रहेको बार्सिलोनाले यो जितसँगै सबै खाले प्रतियोगितामा लगातार नौ खेल जित्ने कीर्तिमान बनाएको छ। खेलको अन्त्यसम्मै पकड जमाएको बार्सिलोनाले अब उपाधिका लागि आइतबार जेद्दामा खेल्नेछ।
फाइनलमा बार्सिलोनाले एट्लेटिको म्याड्रिड वा १३ पटकको विजेता रियल म्याड्रिडमध्ये एकको सामना गर्नेछ। यी दुई टोलीबिचको दोस्रो सेमिफाइनल बिहीबार राति हुँदैछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण