बागलुङ र म्याग्दीका जङ्गलबाट २२ थान भरुवा बन्दुक बरामद
सारांश
- बागलुङ र म्याग्दीका विभिन्न सामुदायिक वनबाट प्रहरीले २२ थान भरुवा बन्दुक बरामद गरेको छ।
- बागलुङको गलकोट र तमानखोला तथा म्याग्दीको मालिकामा बन्दुक फेला परेका हुन्।
- प्रहरीले अवैध हतियार फेला पारेपछि घटनाको अनुसन्धान सुरु गरेको छ।
बागलुङ । बागलुङ र म्याग्दीका विभिन्न सामुदायिक वन तथा जङ्गलबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका २२ थान भरुवा बन्दुक बरामद गरेको छ। बागलुङको गलकोट नगरपालिका–१० कालखानीस्थित कालखानी सामुदायिक वनबाट बुधबार बिहान ८ थान एकनाले भरुवा बन्दुक फेला परेको हो। इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको टोलीले ती हतियार बरामद गरेको हो।
त्यसैगरी बागलुङकै तमानखोला गाउँपालिका–२ सिलगुमस्थित सिलगुम सामुदायिक वनबाट पनि ९ थान एकनाले भरुवा बन्दुक बरामद गरिएको छ। सोही इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलीले खोजी गर्ने क्रममा बुधबार दिउँसो ती हतियार फेला पारेको हो।
यता म्याग्दीको मालिका गाउँपालिका–४ चिउरीबोट जङ्गलमा लुकाइछिपाई राखिएको अवस्थामा ५ थान भरुवा बन्दुक फेला परेको छ। इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ ती हतियार नियन्त्रणमा लिएको हो।
ठुलो संख्यामा अवैध हतियार जङ्गलमा फेला परेपछि प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण