बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
माघे सङ्क्रान्तिको रौनक : उपत्यकाका बजारमा तरुल र कन्दमूल (तस्बिरहरू)
फोटोफिचर

माघे सङ्क्रान्तिको रौनक : उपत्यकाका बजारमा तरुल र कन्दमूल (तस्बिरहरू)

बिहीबार, २४ पुस २०८२

काठमाडौँ । माघे सङ्क्रान्ति नजिकिएसँगै काठमाडौँ उपत्यकाका प्रमुख बजारहरूमा तरुल, सखरखण्ड र पिँडालुको व्यापार फस्टाउन थालेको छ। 

tarul (1)

कालीमाटी फलफूल तथा तरकारी बजारसहित विभिन्न स्थानमा रहेका स्टलहरू अहिले तरुल र अन्य कन्दमूलले भरिभराउ देखिन्छन्। बजारमा अहिले विभिन्न प्रकारका तरुलहरू प्रतिधार्नी (ढक) २०० देखि ५०० रुपैयाँसम्ममा बिक्री भइरहेका छन्।

tarul (2)

नेपाली समाजमा ‘पुस पाके माघ खाए’ भन्ने लोकप्रिय प्रचलन रहेको छ। यही मान्यता अनुसार पुस मसान्तको रातमा विभिन्न कन्दमूल पकाएर राख्ने र माघे सङ्क्रान्तिको बिहान खाने गरिन्छ। जाडो मौसममा खाइने घिउ, चाकु, तिलका परिकार, खिचडी र तरुलले शरीरलाई न्यानो प्रदान गर्ने र स्वास्थ्यका लागि लाभदायक हुने जनविश्वास छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस पर्वका लागि उपत्यकाका उपभोक्ताहरू यतिबेला किनमेलमा व्यस्त छन्।

tarul (3)

उपत्यकाको मुख्य बजार कालीमाटीमा विशेषगरी सर्लाही, धादिङ, नुवाकोट र सिन्धुपाल्चोक लगायतका जिल्लाहरूबाट ठुलो परिमाणमा तरुल भित्रिने गरेको व्यवसायीहरू बताउँछन्। स्थानीय जातका तरुलसँगै बजारमा वन तरुल, घर तरुल, सिमल तरुल र हात्तीपाइले तरुलको माग उच्च हुने गरेको छ। 

tarul (4)tarul (5)tarul (6)tarul (7)tarul (8)tarul (9)tarul (10)tarul (11)tarul (12)tarul (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया