महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायद्वारा शपथ ग्रहण
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनीयताको शपथ लिएका छन्। बैंकको हालै सम्पन्न २४ औँ वार्षिक साधारण सभाबाट सञ्चालक समितिमा निर्वाचित भएपछि उपाध्यायलाई अध्यक्षको जिम्मेवारी दिइएको हो।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को व्यवस्था अनुसार उनले बिहीबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष शपथ लिएका हुन्। नेपाल राष्ट्र बैंकमा आयोजित शपथ ग्रहण कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभाग र वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकहरू लगायत अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो। अध्यक्ष उपाध्यायले अब बैंकको आगामी कार्यकालका लागि नेतृत्व सम्हाल्नेछन्।
यसैबिच, पुस २१ गते सम्पन्न बैंकको वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सेयरधनीहरूलाई १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण