गोविन्दबहादुर बटालालाई सफाइ दिने मुद्दाको सुनुवाइ स्थगित
सारांश
- कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपित गोविन्दबहादुर बटालाको सफाइ पुनरावलोकन मुद्दा स्थगित भयो।
- सर्वोच्चले बटालालाई सफाइ दिएपछि महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनको निवेदन दिएको थियो।
- बटाला काठमाडौँदेखि चितवनसम्म अपहरणमा संलग्न थिए, तर उनलाई सफाइ दिइएको थियो।
काठमाडौँ । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपित मध्येका गोविन्दबहादुर बटाला ‘जीवित’लाई सफाइ दिने आफ्नै फैसला पुनरावलोकनमा रहेको मुद्दाको सुनुवाइ महान्यायाधिवक्ता कार्यालयबाट स्थगित गरिएको छ ।
पुनरावलोकनको रिटमाथि आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश अब्दुल अजीज मुसलमान र न्यायाधीश नित्यानन्द पाण्डेयको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । हत्यामा प्रत्यक्ष संलग्न नभएको भन्ने आधारमा सर्वोच्च अदालतले बटालालाई सफाइ दिएको थियो । बटालालाई सफाइ दिएपछि सरकारले महान्यायाधिवक्ता कार्यालय मार्फत पुनरावलोकनको निवेदन दिएको थियो ।
काठमाडौँदेखि चितवनसम्म अपहरण गर्ने काममा बटाला प्रत्यक्ष संलग्न थिए । बटाला घटनामा संलग्न नभएको ठहर गर्दै न्यायाधीशहरू तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले सफाइ दिएको थियो ।
अर्का आरोपित सङ्कल्प भनिने अर्जुन कार्कीलाई जिल्ला र पुनरावेदन अदालतकै फैसला सदर गरी २० रुपैयाँ जरिवाना गरेको हो । बटालाले यसअघि नै ३ वर्ष १५ दिन कैद भुक्तान गरिसकेका छन् ।
यो मुद्दामा जोडिएका ३ जना अझै फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको छ । सर्वोच्च अदालतले २०६८ साल असार ६ गते यो घटनामा रामहरि श्रेष्ठको अपहरणदेखि अपराधको सिलसिला सुरु भएको भनी त्यसमा संलग्नहरू कसुरदार हुने व्याख्या गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण