शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच ४ घण्टा छलफल

बिहीबार, २४ पुस २०८२, १७ : ५७
बिहीबार, २४ पुस २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा ४ घण्टा छलफल भयो।
  • भेटवार्तामा फागुन २१ को निर्वाचन केन्द्रित छलफल भएको थियो, जसमा निर्वाचनको तयारीबारे कुराकानी भयो।
  • अध्यक्ष ओलीले निर्वाचनको वातावरण बने एमाले चुनावबाट नभाग्ने प्रतिबद्धता जनाए।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच ४ घण्टा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो दुई जनाबिच भेटवार्ता र लामो छलफल भएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले पुष्टि गरे ।

दिउँसो ११ बजेदेखि साढे २ बजेसम्म प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबिच कुराकानी भएको हो ।  भेटवार्तामा फागुन २१ को निर्वाचन केन्द्रित छलफल भएको बताइएको छ । 

भेटमा विशेष त निर्वाचन केन्द्रित छलफलका लागि बालुवाटार पुगेका ओलीले त्यसबाहेक प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे समेत चासो राखेका थिए । त्यसक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीसँग समग्र निर्वाचनको तयारी, अवस्था र सुरक्षाबारे चासो राखेका थिए । जवाफमा प्रधानमन्त्रीले सबै प्रबन्ध सरकारले मिलाएको र ढुक्क हुन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

त्यसै क्रममा एमाले निर्वाचन केन्द्रित गतिविधिमा सहभागी भएकोमा खुसी प्रकट गर्दै बदलिएको परिस्थितिमा पार्टीको महाधिवेशन समेत गरेर चुनौतीपूर्ण अवस्थामा पनि राजनीतिक गतिविधि गरेकोमा धन्यवाद दिएकी थिइन् । कार्कीसँगको संवादका क्रममा अध्यक्ष ओलीले निर्वाचनको वातावरण बनेको खण्डमा एमाले चुनावबाट नभाग्ने विश्वास दिलाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप