विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन कार्यसम्पादन समितिको अपिल
काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन पक्षधरलाई प्रस्ताव फिर्ता लिन अपिल गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार साँझ बसेको बैठकले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन अपिल गरेको हो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बुधबारमात्रै पुस २७ र २८ गते आह्वान भएको विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई आह्वान गरेका थिए ।
२ हजार ४८८ महाधिवेशन प्रतिनिधिले बुधबार नै विशेष महाधिवेशन आह्वान गरेका थिए । तर, केन्द्रीय कार्यालयले भने त्यो आह्वान अवैधानिक भन्दै उपस्थित नहुन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरिसकेको छ ।
यही विवादको समाधान खोज्न कार्यसम्पादन समिति बैठक बोलाइएको थियो ।
बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन अपिल गर्ने एजेण्डा प्रस्तुत गरेका थिए । त्यो प्रस्तावमा अधिकांश सदस्यहरूको सहमति रहेको एक पदाधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण