विश्व हिन्दु महासङ्घका प्रतिनिधिले भेटे गृहमन्त्री
काठमाडौँ । विश्व हिन्दु महासङ्घका प्रतिनिधिले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका छन् । बिहीबार गृह मन्त्रालयमा महासंघकी अध्यक्ष अस्मिता भण्डारी लगायतका प्रतिनिधिहरूले गृहमन्त्रीलाई भेटेर धार्मिक क्षेत्रको शान्ति सुरक्षाबारे ध्यानाकर्षण गराएका हुन् ।
भेटमा गृह मन्त्री अर्यालले बहुसांस्कृतिक मुलुकमा कसैले अशान्ति फैलिने गतिविधि गरेमा कानुन बमोजिम कारबाहीको दायरामा ल्याइने बताए ।
समाजमा धार्मिक आस्था र विश्वासलाई स्वीकार र सम्मान गर्दै सहिष्णुता कायम गर्न धार्मिक संघ संस्थाहरुको भूमिका महत्त्वपूर्ण हुने बताए ।
पछिल्लो समय धनुषा र पर्साको वीरगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा विवाद भएपछि सुरक्षा चुनौती थपिएको विश्लेषण गरिएको छ ।
सामाजिक सञ्जालमार्फत सो विवाद फैलिएको थियो । त्यस्ता भ्रामक सूचनालाई नागरिक स्तरबाटै प्रतिवाद गर्न मन्त्री अर्यालले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण