भारतीय सेनाका लेफ्टिनेन्ट जनरल आर.एस. रमन लुम्बिनी भ्रमणमा
सारांश
- भारतीय सेनाका लेफ्टिनेन्ट जनरल आर.एस. रमन लुम्बिनीको औपचारिक भ्रमणमा आएका थिए, जहाँ उनलाई स्वागत गरिएको थियो।
- जनरल रमनले लुम्बिनीका धार्मिक र ऐतिहासिक स्थलहरूको अवलोकन गरे, र बुद्धको मूर्ति उपहार स्वरूप प्राप्त गरे।
- भ्रमणमा लुम्बिनीको सांस्कृतिक धरोहर संरक्षण, पर्यटन प्रवर्द्धन, र द्विपक्षीय सम्बन्धबारे छलफल भयो।
रुपन्देही । भारतीय सेनाका लेफ्टिनेन्ट जनरल आर.एस. रमन लुम्बिनीको औपचारिक भ्रमणमा आएका छन्। भ्रमणमा रहेका जनरल रमनलाई लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले बिहीबार स्वागत गरेका हुन्।
स्वागत कार्यक्रममा विकास कोषका कार्यकारी सदस्य श्याम रोक्का, लेखा प्रमुख भीम बस्नेत, र अन्य वरिष्ठ अधिकारीहरू पनि उपस्थित रहेका थिए ।
भ्रमणको क्रममा जनरल रमनले लुम्बिनीका प्रमुख धार्मिक र ऐतिहासिक स्थलहरूको अवलोकन गरेका छन्। उनी मायादेवी मन्दिर, पुष्पकरिणी पोखरी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रोपेको पिपलको रुख अवलोकनका लागि पुगेका थिए।
भ्रमणका अवसरमा सदस्य सचिव श्रेष्ठले जनरल रमनलाई बुद्धको मूर्ति उपहारमा प्रदान गरेका थिए। उपहार प्रदान गर्दै श्रेष्ठले नेपालको सांस्कृतिक र धार्मिक सम्पदाप्रति सम्मान प्रकट गरेका छन् ।
उनलाई सदस्य सचिव श्रेष्ठले लुम्बिनी विकास कोषको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वबारे जानकारी गराएका थिए। उनले लुम्बिनीको संरक्षण, पर्यटकीय विकास, अन्तर्राष्ट्रिय सम्बन्ध र सांस्कृतिक धरोहर संरक्षणका चुनौती तथा उपलब्धिहरूबारे पनि चर्चा गरेका थिए ।
जनरल रमनले पनि भारतीय पक्षको दृष्टिकोणबाट लुम्बिनीको महत्त्व, सांस्कृतिक आदान–प्रदान, र द्विपक्षीय सहयोगका अवसरहरूमा आफ्नो दृष्टिकोण राखेका थिए।
कार्यक्रमको दौरानमा दुवै पक्षले लुम्बिनीको सांस्कृतिक धरोहरको संरक्षण, पर्यटन प्रवर्द्धन र लुम्बिनीलाई विश्वभरि सांस्कृतिक र धार्मिक पर्यटकको आकर्षण केन्द्रका रूपमा प्रवर्द्धन गर्नका लागि दीर्घकालीन योजना र सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।
रमनको यो भ्रमणले नेपालको सांस्कृतिक पर्यटन, धार्मिक महत्त्व र द्विपक्षीय सैन्य सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। साथै, यसले भारत–नेपालबिचको ऐतिहासिक सम्बन्ध र आपसी विश्वासलाई अझ बलियो बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने कार्यकारी सदस्य रोक्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण