सिरियाको अलेप्पोमा भीषण सैन्य संघर्ष, अनिश्चितकालीन कर्फ्यु जारी
सारांश
- अलेप्पोमा सरकारी सेना र एसडीएफबीचको युद्धले उग्र रूप लिएपछि कर्फ्यु लगाइएको छ।
- हिंसात्मक गतिविधि रोक्न आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको छ, जसका कारण हजारौं विस्थापित भएका छन्।
- हालसम्मको संघर्षमा २२ जनाको मृत्यु भएको छ भने १७३ घाइते भएका छन्, जसले मानवीय संकट निम्त्याएको छ।
काठमाडौँ । सिरियाको अलेप्पो सहरमा सरकारी सेना र कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) बिच जारी युद्धले उग्र रूप लिएपछि अधिकारीहरूले विभिन्न इलाकाहरूमा अनिश्चितकालीन कर्फ्यु लगाएका छन्।
अलेप्पोको आन्तरिक सुरक्षा कमाण्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै अशरफिए, शेख मकसुद, बानी जेद, अल-सिरियान र अल-मिदान लगायतका क्षेत्रमा कर्फ्यु लागू गरिएको जनाएको छ।
सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न र सम्भावित हिंसात्मक गतिविधि रोक्न अर्को आदेश नभएसम्मका लागि आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको सरकारी समाचार एजेन्सी 'साना'लाई उदृत गर्दै अल-जजिराले शुक्रबार समाचारमा उल्लेख गरेको छ।
पछिल्लो एक हप्तादेखि सुरु भएको यो भीषण लडाइँका कारण हालसम्म १ लाखभन्दा बढी सर्वसाधारणले आफ्नो घर छोडेर भाग्नुपरेको छ। लडाइँ जारी रहेका क्षेत्रहरूबाट विस्थापित भएका नागरिकहरूले स्नाइपरको गोली र निरन्तरको बमबारीका बीच ज्यान जोगाउन मुस्किल परेको बताएका छन्। प्राप्त विवरण अनुसार यस हप्ताको संघर्षमा मात्रै कम्तीमा २२ जनाको मृत्यु भएको छ भने १७३ जना घाइते भएका छन्। सिरियाली सेनाले एसडीएफमाथि नागरिक क्षेत्रलाई लक्षित गरी तोप र मोर्टार प्रहार गरेको आरोप लगाएको छ भने एसडीएफले उक्त आरोपको खण्डन गर्दै सरकारी पक्षको अन्धाधुन्ध आक्रमणका कारण क्षति भएको दाबी गरेको छ।
सन् २०२४ को डिसेम्बरमा लामो समयदेखि सत्तामा रहेका बसर अल-असदलाई पदच्युत गरिएयता अलेप्पोमा देखिएको यो अहिलेसम्मकै भीषण संघर्ष हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण