दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दामा सुनुवाइ हुँदै
सारांश
- उच्च अदालत पाटनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दाको सुनुवाइ हुँदैछ।
- राष्ट्र बैंकको पत्रपछि सीआईबीले अनुसन्धान गरी विशेष सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो।
- सरकारी वकिलले प्रसाईंविरुद्ध १८ करोड ४४ लाख बिगो कायम गरी जरिवाना र कैद सजायको माग गरेको छ।
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । दुर्गा प्रसाईँ, उमा प्रसाईँ, नीराजन प्रसाईँ र आर्जु प्रसाईँलाई विपक्षी बनाइएको बैंकिङ कसुर मुद्दा न्यायाधीशद्वय खड्कबहादुर केसी र कृपासुर कार्की इजलासमा सुनुवाइ हुन लागेको हो ।
नेपाल राष्ट्र बैंकले गत माघ २३ गते दुर्गा प्रसाईँको कारोबारमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीलाई पत्राचार गरेको थियो । सीआईबीले विशेष सरकारी वकिलको कार्यालयलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाएको थियो ।
उक्त प्रतिवेदनको अभियोजन गरी सरकारी वकिलले दुर्गा प्रसाईँविरूद्ध १८ करोड ४४ लाख बिगो कायम गरेर जरिवाना र कैद सजाय माग गरेको थियो । यसअघि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईँलाई अदालतले २५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।
त्यस्तै पीडित राहत कोषमा क्षतिपूर्तिसम्म भराउन माग गरेको थियो । प्रसाईँले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरूमा गलत कारोबार देखाएको (राउन्ड ट्रिपिङ), स्वार्थ बाझिने गरी आपसी पक्षसँगै कारोबारलगायतका शंकास्पद कारोबार गरेको आरोप थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण