अपडेट
कांग्रेस संस्थापन पक्षको पत्रकार सम्मेलन स्थगित
शुक्रबार, २५ पुस २०८२, ११ : ४९
सारांश
- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको पत्रकार सम्मेलन स्थगित भयो।
- पार्टी केन्द्रीय कार्यालयले विशेष महाधिवेशन विधानविपरीत भएको जनाएको छ।
- गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएका थिए।
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने भनेको पत्रकार सम्मेलन स्थगित भएको छ । शुक्रबार दिउँसो १ः ०० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आइतबारदेखि २ दिन काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवशेन बोलाएका छन् ।
त्यो विशेष महाधिवेशनलाई पार्टी केन्द्रीय कार्यालयले विधानविपरीत भएको भन्दै कार्यसम्पादन समितिबाट निर्णय गर्दै महाधिवशेन प्रतिनिधिहरूलाई उपस्थित नहुन भनेको छ । यसै सन्दर्भमा गर्ने भनिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण