फोहोर व्यवस्थापन विवाद चर्किँदा वडाध्यक्षले नचाए खुकुरी
पोखरा । फोहोर व्यवस्थापनलाई लिएर पोखरा महानगरपालिका वडा नम्बर ३३ मा भएको विवादले उग्ररुप लिएको छ । विवाद यतिसम्म पुग्यो कि वडाध्यक्ष रामचन्द्र अधिकारीले खुकुरी निकालेर नचाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
वडाध्यक्ष अधिकारी अहिले प्रहरी नियन्त्रणमा छन् । उनलाई छलफलका लागि जिल्ला प्रशासन कार्यालय लगिएको छ । जिल्ला प्रशासन कार्यालयभित्र छलफल चलिरहँदा बाहिर स्थानीयहरुले जीउज्यानको सुरक्षा माग्दै दबाब दिएका छन् । स्थानीय बासिन्दाले फोहोर फाल्न नदिने भन्दै वडा कार्यालयमा ताला लगाएर विरोध प्रदर्शन गरिरहेको बेला वडाध्यक्ष हतियारसहित आएको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको स्थानीयको भनाइ छ ।
वडामा ल्यान्डफिल साइट राख्ने निर्णयको विरोधमा स्थानीयहरू स्वतःस्फूर्त रूपमा जम्मा भएका थिए । स्थानीय अजय थापा भन्छन्, ‘हाम्रो वडामा त्यहाँ फोहोर ल्याउने निर्णय भएको रहेछ । त्यसको विरोधमा जनता र बासिन्दाहरु सबै त्यहाँ जम्मा भएका थियौं । यहाँ फोहोर महिला नल्याउने सबैको माग छ ।’
सोही विरोधमा उनीहरुले शुक्रबार बिहान वडा कार्यालयमा ताला लगाइदिएका छन् । ‘हामीलाई आशा थियो कि उहाँ आएर सम्बोधन गर्नुहुन्छ होला, ल भाइ हो के कसो गर्ने, गाउँ सल्लाह, तिमीहरूकै गाउँ छिमेक हो भन्नुहुन्छ होला भन्ने थियो,’ थापा भन्छन्, ‘उहाँ एक्कासि आएर त्यत्रो मान्छेका माझमा हतियार (खुकुरी) निकालेर नचाउन थाल्नुभयो । त्यहाँ अलिकति उग्र रूप भयो ।’
वडाध्यक्ष अधिकारीलाई कडा कारबाही गर्न स्थानीयले माग गरेका छन् । पोखरा महानगर-३३ मा प्रशोधन केन्द्र बनाउने सम्झौता भएको छ । मंसिर २ गते भएको सम्झौता अनुसार २०८४ माघमा प्रशोधन केन्द्र निर्माण भइसक्नुपर्छ । यसअघि उनीहरूले महानगर, प्रशासन र सांसदहरुलाई समेत भेटेर आफ्ना समस्या सुनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण