मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

पोखरामा फोहोर विवाद : ल्याण्डफिल प्रस्तावित क्षेत्रका नागरिकले वडा कार्यालयमा लगाए ताला

शुक्रबार, २५ पुस २०८२, १४ : ३८
शुक्रबार, २५ पुस २०८२

सारांश

  • पोखरामा ल्याण्डफिल साइट निर्माणबारे विवाद बढेको छ।
  • स्थानीयले झाँक्री खोलामा ल्याण्डफिल साइट बनाउन नदिने अडान लिएका छन्।
  • स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् र मेयरसँग छलफलको माग गरेका छन्।

पोखरा । ल्याण्डफिल साइट निर्माणबारे पोखरामा विवाद बल्झिएको छ । पोखरा ३३ झाँक्री खोलामा महानगरले ल्याण्डफिल साइट बनाउन निर्माण कम्पनीसँग सम्झौता गरिसकेको छ । तर, स्थानीयले त्यस ठाउँमा ल्याण्डफिल साइट बनाउन नदिने अडान लिएका छन् । 

विवादकै बिच शुक्रबार स्थानीयले ३३ नम्बर वडा कार्यालयमा तालाबन्दी गरेका छन् । स्थानीय अगुवा सन्देश पुनका अनुसार मेयर धनराज आचार्य र वडाध्यक्ष रामचन्द्र अधिकारी सहितको उपस्थितिमा छलफलबाट सहमति जुटे मात्रै ताला खुल्नेछ । 

केही दिनअघि उनीहरुले महानगरमा ध्यानाकर्षण पनि गराएका थिए । मङ्सिर २ गते ८० करोड लागतमा प्रशोधन केन्द्र निर्माण गर्ने गरी सम्झौता गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप