रास्वपाले माग्यो ठुलो संख्यामा कर्मचारी
शुक्रबार, २५ पुस २०८२, १८ : १३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ठुलो संख्यामा कर्मचारी मागेको छ । शुक्रबार एक सूचना जारी गर्दै रास्वपाले विभिन्न पदका लागि ३ सय २१ जना कर्मचारी मागेको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तथ्याङ्क–आधारित निर्णय, रणनीतिक समन्वय, छिटो प्रतिक्रिया, प्रविधिमा आधारित डिजिटल क्याम्पेन रुम स्थापनाका लागि कर्मचारी माग गरिएको रास्वपाले जनाएको छ ।
निर्वाचन अभियानमा सहभागी हुन मिसन–केन्द्रित, नैतिक र उच्च कार्यसम्पादन क्षमता भएका व्यक्तिहरूले आवेदन दिने सकिने जारी सूचनामा उल्लेख गरिएको छ ।
रास्वपाका अनुसार राजनीतिक रणनीति, अनुसन्धान तथा विश्लेषण, डिजिटल मिडिया, फिल्ड अपरेसन, प्रविधि, प्रशासन र अनुगमन क्षेत्रमा विभिन्न पदहरूमा आवेदन दिन सकिनेछ । आवेदन अनलाइनमार्फत दिन सकिनेछ ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
-
दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
-
सुनसरी घटना : प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यू
-
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
-
सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ
-
अव्यवस्थित तार हटाउने कार्य : दुई मन्त्रीको संयुक्त अनुगमन, समयसीमाभित्र काम नसके कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण