राजनीति
राष्ट्रपति पौडेल भेट्न कांग्रेस सभापति देउवा शीतल निवासमा
शनिबार, २६ पुस २०८२, १२ : ०८
सारांश
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्।
- देउवाले पार्टीभित्रको इतर समूहका नेता डा. शेखर कोइरालासँगको भेटघाट छोट्याएर राष्ट्रपतिलाई भेटेका हुन्।
- भेटघाटको विषय विशेष महाधिवेशनको विवाद र समाधानबारे छलफलको लागि भएको अनुमान छ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । आफ्नो निवास महाराजगन्जमा आफूलाई भेट्न आएका पार्टीभित्रको इतर समूहका नेता डा.शेखर कोइरालासँगको भेटघाट छोट्याएर देउवा राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।
भेटघाटको विषय के हो भन्ने खुलेको छैन । कांग्रेसभित्र विशेष महाधिवेशनको विवाद चलिरहेको र राष्ट्रपति पौडेल पनि राष्ट्रपति बन्नुभन्दा पहिला कांग्रेसका नेता रहेकाले कसरी समाधानको उपाय निकाल्ने भन्नेबारे छलफल गर्न र सुझाव माग्न देउवा शीतल निवास पुगेको हुनसक्ने निकट नेताहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण