कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि पुगेको दाबी
सारांश
- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आयोजक समितिले ६० प्रतिशत महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा रहेको दाबी गरेको छ।
- विशेष महाधिवेशनको माग गर्दै ५४.५८ प्रतिशतले हस्ताक्षर गरेकोमा अहिले यो संख्या बढेको छ।
- पार्टी विधान कार्यान्वयनका लागि विशेष महाधिवेशन आवश्यक रहेको नेता शिवाकोटीको भनाइ छ।
काठमाडौँ । नेपाली कांग्रेसको आइतबारदेखि सुरु हुने दोस्रो विशेष महाधिवेशन आयोजक समितिले आफ्नो पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि उभिएको दाबी गरेको छ ।
काठमाडौँको भृकुटीमण्डपमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा विशेष महाधिवेशनको पक्षमा ६० प्रतिशत पुगेको दाबी गरिएको हो । विशेष महाधिवेशनको माग गर्दा ५४.५८ प्रतिशतले हस्ताक्षर गरे पनि अहिले सङ्ख्या झनै बढेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए ।
उनले विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा थप खुल्दै गएको दाबी गरे । शिवाकोटीले २ हजार ४ सय ८८ जनाको हस्ताक्षरबाट सुरु भएको विशेष महाधिवेशनको मागलाई जिल्ला जिल्लाबाट साथ दिन प्रतिनिधिहरू आउँदै गरेको बताए ।
तनहुँ, झापा, धनुषा, रुपन्देही, मनाङ लगायतका जिल्लामा खुलेर प्रतिनिधि थपिएकाले सङ्ख्या बढेको उनको भनाइ छ । पार्टीको विधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्न लागेको हुँदा पार्टी फुटाउने नभई थप बलियो बनाउन विशेष महाधिवेशन अपरिहार्य रहेको नेता शिवाकोटीको जिकिर छ ।
महाधिवेशनको उद्घाटनको प्रमुख अतिथिका लागि सभापति शेरबहादुर देउवालाई निम्तो दिइएको छ । विशेष महाधिवेशनको पक्षमा नउभिएका नेता तथा केन्द्रीय सदस्यहरुलाई समेत निमन्त्रणा दिइएको छ । उद्घाटन समारोह भृकुटीमण्डपमा आइतबार दिउँसो १ बजे हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण