रास्वपासँगको एकता तोडेर कुलमान आफैँ मैदानमा
सारांश
- उज्यालो नेपाल पार्टीले रास्वपासँगको एकता तोड्दै आगामी निर्वाचनमा आफ्नै चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्ने घोषणा गरेको छ।
- कुलमान घिसिङले उज्यालो नेपाल पार्टीको सदस्यता लिई अध्यक्षको जिम्मेवारी सम्हालेका छन् र रास्वपाले सहमति तोडेको आरोप लगाएका छन्।
- घिसिङले आफूले कुनै ठूलो पद वा प्रधानमन्त्रीको दाबी नगरेको र रास्वपाले उल्टै आफ्ना सदस्यहरूलाई पार्टी प्रवेश गराएको बताए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया नाटकीय रूपमा भङ्ग गर्दै उज्यालो नेपाल पार्टीले आफ्नै अस्तित्वमा निर्वाचन लड्ने घोषणा गरेको छ। शनिबार त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कुलमान घिसिङले उज्यालो नेपालको सदस्यता ग्रहण गर्दै पार्टी अध्यक्षको जिम्मेवारी सम्हालेका छन्। अब यो पार्टी 'चिम' चुनाव चिन्ह लिएर आगामी प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनेछ।
_75Y6rXuQf5.jpg)
नवनियुक्त अध्यक्ष घिसिङले रास्वपाका तर्फबाट आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै एकता प्रक्रियामा आफूले कुनै ठूलो पद वा प्रधानमन्त्रीको दाबी नगरेको स्पष्ट पारे। ‘बाहिर मैले प्रधानमन्त्री र पार्टी सभापति मागेको भनेर भ्रम फैलाइयो, जसमा कुनै सत्यता छैन,’ उनले भने, ‘म त बरु उपाध्यक्षको पनि निकै तल्लो वरीयतामा बसेर काम गर्न तयार थिएँ।’
_MWSJEBbxZ0.jpg)
रास्वपाले एकतर्फी रूपमा सहमति तोडेको आरोप लगाउँदै घिसिङले पछिल्लो १२ दिन आफ्नो पार्टी र समर्थकहरूका लागि अत्यन्तै पीडादायी भएको जिकिर गरे।
_Fr5capkt2A.jpg)
एकताको अन्तिम चरणमा आफूले रास्वपाको साधारण सदस्य मात्र भएर बस्न र आफ्ना केन्द्रीय सदस्यहरूलाई उचित स्थान दिन प्रस्ताव गर्दा पनि सहमति हुन नसकेको उनले खुलासा गरे। एकताको चर्चा चलिरहेका बेला रास्वपाले उज्यालो नेपालका साथीहरूलाई विभिन्न ठाउँमा पार्टी प्रवेश गराएर आफ्नो सङ्गठनमा क्षति पुर्याएको उनले दुखेसो पोखे।
_M6pS4XtgQc.jpg)
‘हामीले एकताका लागि धेरै लचकता अपनायौँ, तर रास्वपाले उल्टै हाम्रा साथीहरूलाई तानेर अपमान गर्ने काम गर्यो,’ घिसिङले पत्रकार सम्मेलनमा भने।
_CrkulINiFT.jpg)
_rISaXRBDAr.jpg)
_oTH0cjwtfT.jpg)
_2zl9ueyFnp.jpg)
_NNw21kKXsz.jpg)
_lMLbkLn5B3.jpg)
_Yfn8wTsd8Y.jpg)
_8ZPnZbXInd.jpg)
_U5sUYotlKf.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण