सालाहको गोलमा इजिप्टको रोमाञ्जक जित, साबिक विजेता आइभोरी कोस्ट बाहिरियो
सारांश
- मोहम्मद सालाहको उत्कृष्ट प्रदर्शनमा इजिप्टले आइभोरी कोस्टलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्यो।
- खेलको चौथो मिनेटमा ओमार मार्मोस र ३०औँ मिनेटमा रामी राबियाले गोल गरे भने सालाहले पनि गोल थपे।
- इजिप्टले सेमिफाइनलमा सेनेगलको सामना गर्नेछ, जहाँ सालाहको पहिलो महादेशीय उपाधि जित्ने सपना जीवितै छ।
रबात । मोहम्मद सालाह चम्किएपछि इजिप्टले साबिक विजेता आइभोरी कोस्टलाई रोमाञ्चक खेलमा पराजित गर्दै अफ्रिका कप अफ नेसन्स (एफकन) २०२५ को सेमिफाइनलमा प्रवेश गरेको छ। मोरक्कोमा जारी प्रतियोगिताको क्वाटरफाइनलमा बलियो प्रतिद्वन्द्वीलाई हराउँदै इजिप्टले अन्तिम चारको यात्रा तय गरेको हो।
खेलको चौथो मिनेटमै ओमार मार्मोसले गोल गर्दै इजिप्टलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि आक्रामक बनेको इजिप्टका लागि ३० मिनेट पछिको समयमा रामी राबियाले हेडमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
यद्यपि, आइभोरी कोस्टले हार मानेन। पहिलो हाफ सकिनुअघि अहमद फतुहले आत्मघाती गोल गरेपछि खेल २-१ को अवस्थामा पुग्यो र आइभोरी कोस्ट खेलमा फर्कने संकेत देखियो।
तर, दोस्रो हाफ सुरु भएको केही समयमै कप्तान मोहम्मद सालाहले गोल गर्दै इजिप्टलाई पुनः ३-१ को सुरक्षित स्थितिमा पुर्याए। खेलको ७३औँ मिनेटमा गुयला डोउले ब्याकहिलमार्फत उत्कृष्ट गोल गर्दै खेललाई ३-२ मा ल्याएर रोमान्चकता थपे पनि बाँकी समयमा आइभोरी कोस्टले बराबरी गोल फर्काउन सकेन।
यो जितसँगै सालाहको पहिलो पटक महादेशीय उपाधि जित्ने सपना जीवितै रहेको छ। अब इजिप्टले सेमिफाइनलमा सेनेगलको सामना गर्नेछ। सन् २०२१ को फाइनलमा इजिप्ट सेनेगलसँगै पराजित भएको थियो, त्यसैले बुधबार ट्यान्जियरमा हुने यो खेललाई निकै चासोका साथ हेरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण