पृथ्वीनारायण शाहका उपदेश आज पनि सान्दर्भिक : पूर्वराष्ट्रपति भण्डारी
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी जयन्तीको अवसरमा शुभकामना व्यक्त गरिन्।
- उनले पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्दै एकीकरणको महत्वलाई स्मरण गरिन्।
- भण्डारीले एकता दिवसले देशभक्ति र राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरिन्।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् । आइतबार एक शुभकामना सन्देश जारी गर्दै उनले नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गरेकी हुन् ।
भण्डारीले साना राज्यहरूको एकीकरणबाट आधुनिक नेपालको निर्माण हुनु इतिहासको गौरवपूर्ण अध्याय भएको उल्लेख गरेकी छन् । उनले आफ्नो सन्देशमा नागरिकको सल्लाह र सुझाव लिएर एकीकरण प्रक्रियालाई जनआधारित राष्ट्रिय अभियान बनाउने पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्व र पुर्खाहरूको त्यागका कारण नै नेपालको स्वतन्त्र अस्तित्व जोगिएको बताएकी छन्।
ऐतिहासिक एकीकरणकै आधारभूमिमा उभिएर आजको सार्वभौम, स्वतन्त्र र लोकतान्त्रिक गणतन्त्र नेपालसम्म आइपुगेको भन्दै उनले पुर्खाहरू प्रति कृतज्ञ हुनुपर्नेमा जोड दिएकी छन् । इतिहासका सकारात्मक शिक्षाबाट आजको पुस्ताले मार्गदर्शन लिनु नै सभ्य समाजको पहिचान भएको उनको भनाइ छ।
पूर्वराष्ट्रपति भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेशहरू राष्ट्रिय, आत्मनिर्भर र स्वावलम्बी अर्थतन्त्रका साथै सन्तुलित परराष्ट्र नीतिका सन्दर्भमा आज पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गरेकी छन् ।
राष्ट्रिय एकता दिवसले देशभक्तिको भावना सबल बनाई सामाजिक सदभाव र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउने विश्वास उनले व्यक्त गरेकी छन् । साथै यस दिवसले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र समृद्धिका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत उनले गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण