प्रभासको फिल्म ‘राजा साब’ को स्क्रिनिङमा आगलागी
सारांश
- ओडिशाको हलमा प्रभासको फिल्म हेर्ने क्रममा आगो लागेको थियो, तर ठूलो दुर्घटना हुनबाट जोगियो।
- फिल्म हेर्ने क्रममा उत्साहित फ्यानहरूले आरती गर्दा थाली खसेर आगो लागेको थियो।
- फिल्ममा नदेखाएका दृश्यहरूका कारण फ्यानहरू रिसाएपछि, निर्माताहरूले दृश्यहरू थप्ने घोषणा गरे।
नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म ‘राजा साब’ जनवरी ९ मा रिलिज भएको छ । शनिबार ओडिशामा यस फिल्म प्रदर्शनको क्रममा ठुलो दुर्घटना हुनबाट जोगियो । फिल्ममा प्रभासको एउटा फाइट सिन देखेर उत्साहित फ्यानहरूले हलभित्रै आरती सुरु गरे । त्यसको केही समयपछि, आरतीको थाली खस्यो र हलमा आगो लाग्यो ।
यो घटना ओडिशाको रायगडास्थित अशोक टकिज हलको भएको बताइएको छ । फिल्मको सुरुमा गीत बज्न थालेसँगै प्रभासका केही फ्यानहरूले स्क्रिनको अगाडि गएर आरती सुरु गरे । यही क्रममा एक जना फ्यानको हातबाट थाली खस्यो र भुइँमा आगो टिप्यो ।
कर्मचारी नआउँदासम्म हलभित्र रहेका फ्यानहरूले मिलेर आगो निभाउने प्रयास गरे । घटनाको भिडियो अनलाइनबाट बाहिरिएको छ । सो भिडियोमा दर्शकहरूले गम्छा लगायतका कपडाले आगो निभाउने प्रयास गरिरहेको देख्न सकिन्छ ।
प्रभासका सो फिल्मको प्रदर्शनमा अर्को पनि अनौठो घटना भएको छ । केही फ्यानहरू थिएटरमा गोही (पुत्ला) लिएर गएका थिए । फिल्मको एक दृश्यमा प्रभासलाई गोहीसँग लडिरहेको देखाइएको छ । यही हेरेर दर्शकहरूले हलमा जाँदा गोही बोकेर गएको ठानिएको छ ।
दृश्यहरू काटिएपछि विवादमा फिल्म
ट्रेलरमा देखाइएका धेरै दृश्यहरू फिल्ममा नदेखेपछि फ्यानहरू फिल्म निर्मातासँग रिसाएका छन् । यस विषयमा निकै आलोचना खेप्नु परेपछि निर्माताहरूले जनवरी १० मा पत्रकार सम्मेलन गरेर ट्रेलरमा देखाइएका दृश्यहरू पुनः राख्ने घोषणा गरे ।
प्रभासको मुख्य भूमिका रहेको यस हरर कमेडी फिल्म ५०० करोड भारुमा बनेको बताइएको छ । राजा साबले समीक्षकहरूबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण