धनुषामा चार हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने
धनुषा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा चार हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले धनुषाका चार निर्वाचन क्षेत्रमा खटाउन योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ ।
निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालसँग समन्वय गर्दै निर्वाचन प्रहरीका लागि आवेदन प्रक्रिया सुरु गरेको हो । सूचनाअनुसार निर्वाचन प्रहरी पदमा आवेदन दिन इच्छुक व्यक्ति १८ वर्ष पूरा भइसकेका र ५४ वर्ष ननाघेका नेपाली नागरिक हुनुपर्नेछ । आवेदन दिने अन्तिम मिति आगामी माघ १ गतेसम्म तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति मितिदेखि ४० दिन रहनेछ वा नेपाल सरकारले तोकेअनुसार हुनेछ । सेवा सुविधाअन्तर्गत प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको पारिश्रमिक रु ३४ हजार ७७६ प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिए । उनका अनुसार योसँगै सम्बन्धित जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने दररेटअनुसार खाद्यान्न खर्च पनि उपलब्ध गराइने छ ।
सहायक प्रमुख जिल्ला अधिकारी दाहालद्वारा हस्ताक्षरित सूचनामा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन पर्याप्त सङ्ख्यामा निर्वाचन प्रहरी परिचालन गरिने तयारी भइरहेको उल्लेख छ ।
धनुषामा हाल चार लाख १४ हजार ५७१ जना मतदाता रहेका छन् । चार निर्वाचन क्षेत्रमा ३२२ मतदानस्थल र ६४५ मतदान केन्द्र निर्माण भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रशासनका अधिकारीहरूले मतदाता र निर्वाचनमा संलग्न सबै पक्षलाई संयमित र नियमबद्ध रूपमा निर्वाचनमा सहभागी हुन आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण