सुदन किराती र हर्क साम्पाङबिच भेटवार्ता
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराती र धरानका मेयर हर्क साम्पाङबीच भेटवार्ता भयो।
- भेटमा देशको संकट, विकासका चुनौती र समाधानका उपायबारे छलफल भयो।
- आगामी निर्वाचनमा चुनावी सहकार्य र देशलाई संकटबाट निकाल्ने विषयमा छलफल केन्द्रित थियो।
सुनसरी । पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता सुदन किराती र धरान उपमहानगरपालिकाका प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीच धरानमा भेटवार्ता भएको छ। दुई नेताबीच आज धरानमा भेटवार्ता भएको हो ।
भेटका क्रममा देशको वर्तमान संकट, विकासका चुनौती र समाधानका उपायहरूबारे छलफल भएको किरातीले बताए। देश अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको ठहर गर्दै दुवै नेताले यसको समाधानका लागि सहकार्य गर्दै अघि बढ्ने विषयमा विचार विमर्श गरेका थिए।
वार्ताका क्रममा मुख्य गरी दुईवटा विषयमा केन्द्रित रहेर छलफल भएको थियो। पहिलो, देशलाई वर्तमान संकटबाट निकास दिँदै विकासको गतिमा कसरी अगाडि बढाउने भन्ने र दोस्रो, आगामी निर्वाचनहरूमा कसरी चुनावी सहकार्य गरेर जान सकिन्छ भन्ने विषयमा दुई नेताबीच प्रारम्भिक कुराकानी भएको बताइएको छ।
भेटपछि नेता सुदन किरातीले देशको हित र विकासका लागि समान धारणा राख्ने शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए । दुवै नेताबीच आगामी दिनमा पनि यस्ता छलफललाई निरन्तरता दिने समझदारी भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण