चन्द्रागिरि डाँडामा कविको सिर्जनामार्फत पृथ्वीनारायण शाहको स्मरण
सारांश
- चन्द्रागिरि डाँडामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो, जहाँ कवि तथा सर्जकहरूले पृथ्वीनारायण शाहको शालिकमा श्रद्धा व्यक्त गरे।
- इतिहासकार दिनेशराज पन्तले पृथ्वीनारायण शाह र चन्द्रागिरि डाँडाको सम्बन्धबारे प्रकाश पारे, साथै कविहरूले राष्ट्रिय एकताको महत्त्वबारे चर्चा गरे।
- चन्द्रागिरि हिल्सले शाहको शालिक निर्माण गरी इतिहासलाई जीवन्त राख्ने प्रयास गरेको छ, र हरेक वर्ष विशेष कार्यक्रम आयोजना गर्ने गर्दछ।
काठमाडौँ । ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चन्द्रागिरि डाँडामा फरक र सिर्जनात्मक शैलीमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मरण गरिएको छ। थर्डपोल ग्रुपद्वारा आयोजित कार्यक्रममा वरिष्ठ कवि तथा सर्जकहरूले नेपाल एकीकरणको इतिहाससँग जोडिएको ऐतिहासिक चन्द्रागिरि पुगेर त्यहाँस्थित शाहको शालिकसामु रचना वाचन गर्दै श्रद्धाभाव प्रकट गरेका छन्।
कार्यक्रममा इतिहासकार तथा संस्कृतिविद् दिनेशराज पन्तले पृथ्वीनारायण शाह र चन्द्रागिरि डाँडाबीचको ऐतिहासिक सम्बन्धबारे प्रकाश पारेका थिए। त्यसैगरी कवि एवं गीतकार एस्पी कोइराला, दिनेश अधिकारी, डा. राजुबाबु श्रेष्ठ, प्रद्युम्न जोशी, मणि लोहनी, प्रभाती किरण, नारायण निरासी, हेम प्रभास, एलिशा ढुङ्गाना, अनिता कोइराला, कृष्ण बञ्जाडे र दिनेश परियारले आफ्ना कविता र सिर्जनामार्फत राष्ट्रिय एकता र भूगोल एकीकरणको महत्त्वबारे चर्चा गरेका थिए। उनीहरूका सिर्जनामा नेपालीलाई विश्वभर चिनाउने युगपुरूष शाहको योगदानलाई उच्च सम्मान गर्नुपर्ने र वर्तमान पुस्ताले इतिहासको कदर गर्नुपर्ने भाव समेटिएको थियो।
चन्द्रागिरि हिल्सका मानव संशाधन प्रमुख झलकराज शर्माले पृथ्वीनारायण शाहसँग प्रत्यक्ष जोडिएको यस ऐतिहासिक स्थानमा उहाँको पूर्णकदको शालिक निर्माण गरेर इतिहासलाई जीवन्त राख्ने प्रयास गरिएको जानकारी दिएका छन्। चन्द्रागिरिमा राष्ट्रिय एकता दिवसको अवसरमा प्रत्येक वर्ष यसरी नै विशेष कार्यक्रम आयोजना गर्ने गरिएको छ। नेपालभर आज विविध स्वरूप र शैलीमा शाहको योगदानलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्ने क्रम जारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण