अध्यागमन एजेन्टको गोली लागेर महिलाको मृत्यु, तातियो मिनियापोलिस
वासिङटन डीसी । अमेरिकामा हालैका दिनमा अध्यागमनका अधिकारीहरू संलग्नलाई गोली हानी हत्या र घाइते बनाइएका घटना बढेका छन् ।
गएको बुधबार मिनियापोलिसमा अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई)का एक एजेन्टको गोली लागेर ३७ वर्षीय महिला रेने गुडको मृत्यु भयो । अमेरिकाभरबाट यस घटनाको विरोध भइरहँदा मिनियापोलिसमा यस घटनाको विरोधमा प्रदर्शन चर्किएको छ ।
सप्ताहन्तमा देशभरमा हजारभन्दा ठाउँमा धेरै जुलुस निस्किँदा मिनियापोलिसका सडकमा पनि दश हजारभन्दा बढी मानिस जम्मा भएका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा गैरकानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई समातेर देशबाट निकाल्ने अभियान तीव्र पारेको छ । देशका प्रमुख सहरहरूमा प्रदर्शन भइरहेका छन् । मान्छेका हात हातमा ‘आईसीईलाई खारेज गर’, ‘आईसीईलाई हाम्रा सडकबाट बाहिर भगाउ’लगायत नारा लेखिएको प्लाकार्ड देखिएका थिए ।
मिनियापोलिसका अधिकारीहरूले समेत गोली हानेर भएको रेनेको हत्यालाई अनुचित भनेका छन् । एजेन्टले गोली हान्दा रेनेको कार उनीभन्दा पछाडि गइरहेको भिडियो सार्वजनिक भएको छ । एजेन्टले आत्मरक्षामा रेनेमाथि गोली चलाएको अमेरिकाको गृह सुरक्षा मन्त्रालयले भनेको छ । अर्का एजेन्टले चालक बस्ने ठाउँतिर गएर 'कारबाट बाहिर निस्क्' भनेपछि रेनेले कारलाई एजेन्ट भएतिर गुडाएको अनि उनीमाथि गोली चलाइएको मन्त्रालयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण