सर्लाही–२ मा फेरि भिड्दै राजेन्द्र र महेन्द्र !
सारांश
- आगामी फागुन २ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ मा महेन्द्र राय यादव र राजेन्द्र महतोबीच प्रतिस्पर्धा हुने सम्भावना छ।
- यसअघि यादवले महतोलाई हराएका थिए र २०७९ को निर्वाचनमा पनि यादवले महतोलाई पराजित गरेका थिए।
- यादवले सर्लाही-२ बाट चुनाव लड्ने इच्छा व्यक्त गरेका छन्, तर पार्टीको निर्णयको प्रतीक्षामा छन्।
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ मा पुनः महेन्द्र राय यादव र राजेन्द्र महतोबिच प्रतिस्पर्धा हुने देखिएको छ ।
महतो राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालका अध्यक्ष हुन् भने यादव नेपाली कम्युनिस्ट पार्टीका नेता हुन । यसअघि यहाँ यादवले महतोलाई हराएका थिए ।
महतोले सर्लाही–२ बाट उम्मेदवार बन्ने निश्चित मात्र होइन, उक्त क्षेत्रमा चुनावी अभियान पनि थालिसकेका छन् ।
२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा पनि सर्लाही–५ मा दुवै जनाको भिड्न्त भएको थियो, त्यतिबेला यादवले दुई हजार ७८४ मतान्तरले महतोलाई पराजित गरेका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने महतो धनुषा–३ बाट उम्मेदवार बनेका थिए, र विजयी भएका थिए । तर २०७९ मा भने सर्लाही –२ मा यादव र महतो आमनेसामने भएका थिए, उक्त निर्वाचनमा यादवले दुई हजार ११ मतान्तरले महतोलाई पराजित गरेका थिए ।
२०७९ को निर्वाचनमा यादवले सर्लाही–२ बाट २३ हजार ५२९ मत ल्याउँदा महतोले भने २१ हजार ५१८ मत ल्याएका थिए, यसपटक पनि दुवैको भेट त्यही निर्वाचन क्षेत्रमा हुने सम्भावना बढेको हो ।
नेकपाका नेता यादवले भने, ‘मेरो चाहना भनेको सर्लाही–२ बाट चुनाव लड्ने हो, तर हालसम्म पार्टीले निर्णय गरेको छैन, पार्टीले जहाँ निर्णय गर्छ, त्यहीँबाट चुनाव लड्छु ।’
पार्टीको निर्णयको प्रतिक्षामा रहेका यादवको नाम सर्लाही–१ बाट पनि उम्मेदवारका रूपमा चर्चा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण