कांग्रेस विशेष महाधिवेशन : १७ सय भन्दा बढी महाधिवेशन प्रतिनिधिको नाम दर्ता
आइतबार, २७ पुस २०८२, १५ : ३७
सारांश
- काठमाडौंमा संस्थापन समूहको असहयोगका बाबजुद बहुमत प्रतिनिधिहरूको समर्थनमा कांग्रेसको विशेष महाधिवेशन हुँदैछ।
- आइतबार राजधानीको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटनको तयारी भइरहेको छ।
- यो समाचार कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी अपडेट हो।
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो महाधिवेशनमा आइतबार पौने ३ बजेसम्म १७ सय भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गराएका छन् ।
कांग्रेसमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । नाम दर्ता गराउने क्रम जारी रहेकाले उक्त सङ्ख्या बढ्ने महाधिवेशन आयोजक कमिटीले जनाएको छ ।
महाधिवेशनमा कांग्रेसका ७० प्रतिशत बढी प्रतिनिधि सहभागी भएको नेताहरूले बताएका छन् । महाधिवेशनमा सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतका नेताहरू भने सहभागी भएका छैनन् ।
देउवा र खड्का अनुपस्थित महाधिवेशनले कांग्रेस फुट्ने हो कि भन्ने आशङ्का कायमै रहेको छ । तर महाधिवेशनमा सहभागी नेता र प्रतिनिधिहरूले महाधिवेशनले कांग्रेसलाई थप मजबुत बनाउने दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण