बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

साझा कांग्रेस बनाउन अठोट गर्नुपर्छ : चतुरबहादुर चन्द

आइतबार, २७ पुस २०८२, १६ : ०६
आइतबार, २७ पुस २०८२

सारांश

  • काठमाडौंमा संस्थापन समूहको असहयोगका बाबजुद बहुमत प्रतिनिधिहरूको समर्थनमा कांग्रेसको विशेष महाधिवेशन हुँदैछ।
  • आइतबार राजधानीको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटनको तयारी भइरहेको छ।
  • यो समाचार कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी अपडेट हो।

काठमाडौँ । नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले कांग्रेसको दोस्रो विशेष महाधिवेशनले कांग्रेसभित्रका सबै विकृति पखाल्नुपर्ने बताएका छन् । 

काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै झन्डै चार महिनासम्म कांग्रेस कोमामा रहेको कांग्रेसलाई महाधिवेशनले प्राण दिने आशा व्यक्त गरे । महाधिवेशनले कांग्रेसका सबै विकृति अन्त्य गर्न सक्नुपर्नेमा चन्दको जोड थियो । 

‘कांग्रेसभित्रका सबै विकृति अन्त्य गर्ने र साझा कांग्रेस बनाउनेतर्फ महाधिवेशनले अठोट गर्नुपर्छ’, चन्दले भने–  ‘कांग्रेसलाई जीवन्त बनाउन नीतिमार्फत सार्वजनिक गर्नुपर्ने हुन्छ । पार्टीमा मात्र होइन जनताले बुझ्ने युवा नेतृत्वलाई कांग्रेसले अगाडि सार्नुपर्छ’, चन्दको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप