बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
स्वास्थ्य

जाडोमा मोजा लगाएर सुत्नु ठिक हो कि होइन ?

सोमबार, २८ पुस २०८२, ०६ : ००
सोमबार, २८ पुस २०८२

सारांश

  • चिसो खुट्टाका कारण निन्द्रा खुल्ने समस्या समाधानका लागि मोजा लगाएर सुत्नु प्रभावकारी हुन्छ।
  • मोजा लगाउँदा खुट्टा न्यानो भई रक्तसञ्चार राम्रो हुन्छ, जसले निन्द्रा लगाउन मद्दत गर्छ।
  • यसका साथै, मोजा लगाउँदा हट फ्ल्यासेज, फुटेको कुर्कुच्चा र रेनाड्स अट्याकबाट पनि राहत मिल्छ।
00:00 / NaN:NaN
Audio By AI

धेरै पटक राति सुत्नको बेला अचानक निन्द्रा खुल्छ। विशेषज्ञहरूको भनाइ अनुसार यसको पछाडि एउटा कारण ‘चिसो खुट्टा’ पनि हुन सक्छ। 

जाडो मौसममा खुट्टा चिसो हुनबाट बच्ने सबैभन्दा सजिलो उपाय भनेको राति मोजा लगाएर सुत्नु हो। तर के यो स्वास्थ्यकर बानी हो ? के मोजा लगाएर सुत्दा कुनै ‘साइड इफेक्ट’ पनि हुन सक्छ?

विज्ञानले यस बारेमा के भन्छ?

राति खुट्टा चिसो हुनबाट बच्न मोजा लगाउन सकिन्छ। यसले खुट्टा न्यानो रहन्छ र राति बारम्बार निन्द्रा पनि खुल्दैन। नेसनल स्लीप फाउन्डेसनका अनुसार, खुट्टा न्यानो हुँदा निन्द्रा छिटो लाग्छ। यसको अर्थ हो, यदि तपाईं मोजा लगाएर पल्टिनुहुन्छ भने निन्द्रा छिटो आउँछ।

यसको वैज्ञानिक कारण के हो भने मोजा लगाउँदा खुट्टा तातो हुन्छ, जसले रगतका नसाहरू फैलाउँछ। यो प्रक्रियालाई ‘वेसोडिलेसन’ भनिन्छ। यसले शरीरलाई आरामको अवस्थामा लैजान्छ र निन्द्रा लाग्छ। त्यस्तै, जब खुट्टा चिसो हुन्छ, रगतका नसाहरू खुम्चिन्छन्, जसले गर्दा शरीरले आराम र निन्द्राको सही संकेत पाउन सक्दैन।

सुतेको बेला शरीरको ‘कोर टेम्प्रेचर’ अर्थात् भित्री तापक्रम बिस्तारै कम हुन्छ। यो प्रक्रिया राम्रो निन्द्राका लागि आवश्यक छ। यदि खुट्टा चिसो भयो भने शरीरलाई बाहिरको वातावरणको तापक्रम कम भइरहेको महसुस हुन्छ। त्यसैले शरीरले आफ्नो गर्मी बचाउन यसलाई भित्रतिर तान्न थाल्छ, जसका कारण शरीरको कोर टेम्प्रेचर कम हुन पाउँदैन।

sleep-socks-AdobeStock_159023575-ee9bc8c26dce4328950fa661517d9d47

के मोजा लगाएर सुत्दा साँच्चै छिटो निन्द्रा लाग्छ?

नेसनल स्लीप फाउन्डेसन र अन्य केही अनुसन्धानका अनुसार, मोजा लगाएर सुत्दा केही मानिसहरूलाई छिटो निन्द्रा लाग्न सक्छ। वास्तवमा खुट्टा तातो हुँदा दिमागले आराम र निन्द्राको संकेत पाउँछ। खुट्टा तातो हुँदा रक्तसञ्चार राम्रो हुन्छ र शरीर ‘रिल्याक्स मोड’ मा जान्छ।

त्यसैले मोजा लगाएर सुत्दा औसत १०-१५ मिनेट अगाडि नै निन्द्रा लाग्छ। यद्यपि, हरेक व्यक्तिमा यसको असर एकनास हुँदैन। खुट्टा चिसो हुने समस्या भएकाहरूका लागि यो उपाय प्रभावकारी साबित हुन सक्छ।

मोजा लगाएर सुत्नुका अरू के फाइदा छन्?

शरीरलाई न्यानो राख्नुका अलावा मोजा लगाएर सुत्नुका केही अन्य फाइदाहरू पनि छन्–

• हट फ्ल्यासेज : रजोनिवृत्ति सुरु हुनु अघिको अवस्था बाट गुज्रिरहेका महिलाहरूका लागि यो फाइदाजनक छ। मोजा लगाउँदा शरीरको कोर टेम्प्रेचर कम रहन्छ र ‘हट फ्ल्यासेज’ हुँदैन।

• फुटेको कुर्कुच्चा : मोजा लगाएर सुत्दा फुटेको कुर्कुच्चा निको हुन्छ।

• रेनाड्स अट्याक : मोजा लगाएर सुत्दा खुट्टा तातो रहन्छ र रेनाड्स अट्याकको सम्भावना कम हुन्छ। (जसलाई रेनाड्स डिजिज हुन्छ, चिसो वा तनावले उनीहरूको हात-खुट्टाका औँलाहरूमा रक्त प्रवाह अचानक कम हुन्छ।)

खुट्टा तातो हुँदा दिमागले शरीर सुरक्षित र आरामको अवस्थामा छ भन्ने सन्देश पाउँछ। यसले दिमागलाई अब पूर्ण रूपमा सक्रिय रहनु पर्दैन र निन्द्राको प्रक्रिया सुरु गर्न सकिन्छ भन्ने संकेत पनि दिन्छ। यो सन्देशले निन्द्राको हर्मोन 'मेलाटोनिन' रिलिज गर्न पनि मद्दत गर्छ। सजिलो भाषामा बुझ्दा, खुट्टा तातो हुँदा दिमागले निन्द्राको संकेत पाउँछ।

केही मानिसहरूको खुट्टा प्रायः चिसो भइरहन्छ, उनीहरूलाई जाडोमा बढी समस्या हुन्छ। यसले निन्द्रामा पनि असर गर्छ।

यस्ता सबै मानिसहरूलाई मोजा लगाएर सुत्दा फाइदा हुन सक्छ। उनीहरूको निन्द्राको गुणस्तर राम्रो हुन सक्छ।

के मोजा लगाएर सुत्दा फुटेका कुर्कुच्चा नरम हुन्छन्?

हो, सही तरिकाले मोजा लगाउँदा फुटेको कुर्कुच्चामा आराम मिल्न सक्छ। यदि सुत्नुभन्दा अघि खुट्टामा मोइस्चराइजर वा नरिवलको तेल लगाएर सुतीको (कटन) मोजा लगाउने हो भने, खुट्टामा नमी कायम रहन्छ। यसले छालालाई निको हुन समय दिन्छ र कुर्कुच्चा बिस्तारै नरम हुन्छन्। यद्यपि, मोजा सफा र खुकुलो हुनुपर्छ। फोहोर वा टाइट मोजा लगाउँदा छालामा जलन वा फंगल इन्फेक्सनको खतरा बढ्न सक्छ।

के यो बानी हरेक मौसममा र हरेक व्यक्तिका लागि फाइदाजनक छ?

होइन, मोजा लगाएर सुत्नु हरेक मौसम र हरेक व्यक्तिका लागि फाइदाजनक छैन। जाडोमा वा एसी भएको कोठामा यो बानी बढी फाइदाजनक हुन्छ।

गर्मी र ओसिलो मौसममा मोजा लगाउँदा पसिना आउन सक्छ, जसले निन्द्रा बिगार्न सक्छ। जसलाई राति धेरै गर्मी लाग्छ, उनीहरूका लागि यो बानी हानिकारक हुन सक्छ। त्यसैले यो एउटा व्यक्तिगत रोजाइ हो। यदि मोजा लगाउँदा आराम र राम्रो निन्द्रा लाग्छ भने मात्र यसलाई अपनाउनुपर्छ।

sleeping_with_socks_58afc4570c

के धेरै टाइट वा सिन्थेटिक मोजा लगाउँदा इन्फेक्सन हुन सक्छ?

धेरै टाइट वा सिन्थेटिक मोजा लगाउँदा फंगल इन्फेक्सनको खतरा बढ्न सक्छ। सिन्थेटिक कपडाले हावा पास हुन दिँदैन, जसले गर्दा पसिना थुनिन्छ। नमी र गर्मीले ब्याक्टेरिया र फंगस फैलिनको लागि सही वातावरण बनाउँछ।

त्यस्तै, टाइट मोजाले रक्त प्रवाहलाई पनि असर गर्न सक्छ। त्यसैले सुत्ने बेला सधैं खुकुलो, सफा, सुती वा ऊनको मोजा लगाउने सल्लाह दिइन्छ, ताकि खुट्टा सुख्खा र सुरक्षित रहुन्।

मोजा लगाउनु बाहेक खुट्टा न्यानो राख्ने अरू के उपाय छन्?

यदि मोजा लगाउन मन पर्दैन भने खुट्टा न्यानो राख्ने अन्य तरिकाहरू पनि छन्।

• सुत्नुअघि मनतातो पानीले खुट्टा धुने वा ‘फुट बाथ’ लिने गर्दा फाइदाजनक हुन सक्छ।

• हल्का मालिस गर्दा रक्तसञ्चार राम्रो हुन्छ।

• कम्बलभित्र खुट्टा पूरै छोपेर राख्दा पनि मद्दत मिल्छ।

• केही मानिसहरू सुत्नुअघि तातो पानीको बोतल प्रयोग गर्छन्, तर यसमा सावधानी अपनाउनुपर्छ।

• यी सबै तरिकाले पनि खुट्टा तातो रहन्छ र निन्द्रामा सुधार हुन सक्छ।

एजेन्सीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप