हनुमन्ते खोला किनारमा पुरुष मृत फेला
सोमबार, २८ पुस २०८२, ११ : ३४
सारांश
- भक्तपुरको हनुमन्ते खोला किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
- मृतक रोल्पाका ४३ वर्षीय धनबहादुर बुढा इँट्टाभट्टा नजिकै झुन्डिएको अवस्थामा भेटिए।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।
काठमाडौँ । भक्तपुरको सुर्यविनायक नगरपालिका–१० स्थित हनुमन्ते खोलाको किनारामा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् । इँट्टाभट्टा नजिकै खोला किनारमा ४३ वर्षीय धनबहादुर बुढा मृत अवस्थामा भेटिएका हुन् ।
सोमबार बिहान मृत भेटिएका बुढा रोल्पाको लुङ्ग्रे गाउँपालिका–७ का स्थानीय हुन् । खोलाको किनारमा रहेको खरीको रुखमा सलको पासोमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको भक्तपुरका एसपी सूर्य खड्काले रातोपाटीलाई बताए । शव पोस्टमार्टमका लागी दुवाकोटस्थित केएमसी अस्पतालमा पठाइएको छ ।
घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ । उनी इँट्टाभट्टामा काम गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण