पार्टी विभाजन रोक्न दुवै पक्षसँग वार्ता गर्छौँ : नेता बडू
सारांश
- कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले पार्टी विभाजन रोक्न पहल गर्ने बताए ।
- उनले पार्टी विभाजनको चिन्ता रहेको र यसलाई जोगाउन छलफल गर्ने बताए ।
- बडूले पार्टीलाई सुरक्षित राख्न र विवादरहित बनाउनुपर्नेमा जोड दिए ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टी विभाजन हुन नदिन आफूहरू लागिपर्ने बताएका छन् । सोमबार बिहान नेता डा. शेखर कोइराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पार्टी विभाजन हुन लागेको र यसलाई कसरी जोगाउने भन्ने चिन्ता सबैमा रहेको बताए । महामन्त्री र संस्थापन पक्षधरहरूसँग छलफल गरेर आफूहरू अघि बढ्ने निर्णयमा पुगेको उनले जानकारी दिए । पार्टीमा हुनुपर्ने सुधार र पुस्तान्तरणबारे पनि आफूहरूले मुद्दा उठाउँदै आएको उनले सुनाए ।
अब पार्टीलाई सुरक्षित राख्न र विवादरहित ढंगले अघि बढ्नुपर्ने आवश्यकता रहेको बडूले औँल्याए । उनले सबैको चिन्ता पार्टी विभाजन नहोस् भन्ने रहेको भन्दै महामन्त्री र संस्थापन दुवै पक्षलाई विभाजनको बाटोमा नजान सुझाव दिएको बताए । पार्टीलाई विभाजनको जोखिमबाट बचाउन डा. कोइरालाले दुवै पक्षका नेताहरूसँग संवाद गर्ने तयारी गरेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण