प्रलोपा बर्दियाको अध्यक्षमा ढकाल
सोमबार, २८ पुस २०८२, १६ : ५८
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बर्दियाको प्रथम भेलाबाट गेहेन्द्र प्रसाद ढकाल जिल्ला अध्यक्ष चयन हुनुभएको छ।
- सोमबार सम्पन्न भेलाले ३५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ।
- भेलाले आगामी निर्वाचनका लागि विभिन्न व्यक्तिहरूलाई सिफारिस गरेको छ।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बर्दियाको प्रथम भेलाबाट गेहेन्द्र प्रसाद ढकाल जिल्ला अध्यक्ष चयन भएका छन् । सोमबार भएको भेलाले ३५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो ।
तिलकराम शर्मा प्रमुख अतिथि रहेको भेला केन्द्रीय सदस्य लक्ष्मी प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको हो । भेलामा लुम्बिनी प्रदेश इन्चार्ज नारायणी शर्मा र प्रदेश अध्यक्ष यज्ञ पोखरेल समेत अतिथिका रूपमा सहभागी थिए ।
भेलाले आसन्न निर्वाचनका लागि बर्दिया क्षेत्र नं. १ मा गेहेन्द्र प्रसाद ढकाल, राजु रानाभाट, डम्बर परियार, बुद्धि पौडेल र रामप्यारी थारुलाई सिफारिस गरेको छ । त्यस्तै, क्षेत्र नं. २ बाट नेत्र प्रसाद आचार्यलाई एकल सिफारिस गरिएको प्रलोपाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण