वैदेशिक रोजगारका पूर्वमहानिर्देशक विरुद्धको भ्रष्टाचार मुद्दा हेर्न नभ्याइनेमा
काठमाडौँ । वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक विश्वराज पाण्डेसहित तीन जनाको भ्रष्टाचार मुद्दा हेर्न नभ्याइेनमा परेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा परेको रिट हेर्न नभ्याइेन सूचीमा परेको हो ।
विशेष अदालतले वैदेशिक रोजगार विभागकमा पूर्वमहानिर्देशक पाण्डेलाई दुई वर्ष कैद र ३ लाख ३३ हजार जरिवाना हुने फैसला सुनाएको थियो । त्यस्तै विभागकै शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई जनही ३ लाख ३३ हजार जरिवना र कैद सजाय सुनाएको थियो ।
वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै एक म्यानपावर कम्पनीबाट १० लाख रूपैयाँ घुस मागेको भन्दै अख्तियारले उनलाई पक्राउ गरेको थियो । उनीहरूमाथि २०७४ पुस ४ मा अख्तियारले मुद्दा दायर गरेको थियो ।
२०७७ सालमा विशेष अदालतले घुस प्रकरणमा तीनै जनालाई भ्रष्टाचारी ठहर गरेपछि सो उपर सर्वोच्च अदालत पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण एसियाली समन्वय समिति : १३ सदस्यीय समिति गठन
-
कोशी प्रदेशको डीआईजीमा शेखर खनाल
-
थप गरिएका परिषद् रजिस्ट्रारका उम्मेदवारको अन्तर्वार्ता लिइएन
-
बागमतीमा सत्ता समीकरणको रस्साकस्सी : राप्रपा र हानेपा तान्ने कसरत तीव्र
-
सुनसरी घटना : यी हुन् जिम्मेवारी खाेसिएका सुरक्षा अधिकारीहरू
-
नेपालबाटै मोरक्कोको भिसा प्रक्रिया सुरु, भारत धाउनुपर्ने बाध्यता हट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण