सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

नेपालबाटै मोरक्कोको भिसा प्रक्रिया सुरु, भारत धाउनुपर्ने बाध्यता हट्यो

सोमबार, ११ साउन २०८३, १७ : ५७
सोमबार, ११ साउन २०८३

काठमाडौँ । नेपाल र मोरक्को अधिराज्य (किङडम अफ मोरक्को) बीचको आवगमनलाई सहज बनाउने उद्देश्यले भिसा आवेदन प्रक्रियामा सुधार गरिएको छ । 

अब मोरक्को जान चाहने नेपालीहरुले काठमाडौंस्थित अनररी कन्सुलरको कार्यालयबाट सिफरिस पत्रलाई भिसा आउटसोर्सिङ एजेन्सी भीएफएस ग्लोबल मार्फत भिसाका लागि आवेदन दिन र भिसा प्राप्त गर्न सक्नेछन् । यो व्यवस्था सोमबार देखि लागु भएको छ ।

यो व्यवस्थाले मोरक्को जान चाहने नेपाली नागरिकहरू भिसाकै लागि भारतको नयाँ दिल्ली जानुपर्ने बाध्यताको अन्त्य भएको छ । 

यसअघि नेपाली नागरिकहरूले मोरक्कोको भिसाका लागि काठमाडौँस्थित अनररी कन्सुलरको कार्यालयबाट सिफारिस पत्रलिई नयाँ दिल्लीस्थित मोरक्कोको दूतावास पुग्नुपर्ने बाध्यता थियो । यो प्रक्रियाका कारण नेपाली यात्रीहरूको समय र ठुलो रकम भारत आउने–जाने कार्यमा खर्च हुँदै आएको थियो ।

अब भने मोरक्कोको सम्पूर्ण भिसा प्रक्रिया नेपालबाटै सम्पन्न हुने गरी नयाँ व्यवस्था लागू गरिएको हो । 

भिसा आउटसोर्सिङ एजेन्सी भीएफएस ग्लोबलसँगको सहकार्य गरी मोरोक्को भिसा प्रक्रियालाई सहज बनाइएको कन्सुलर कार्यालयले जनाएको छ ।

 नयाँ व्यवस्था अनुसार अब आवेदकहरूले नेपालमै रहेर सहज रूपमा भीएफएसमार्फत भिसाको प्रक्रिया पूरा गर्न सक्नेछन् ।

मोरक्कोका लागि नेपालका तर्फबाट अवैतनिक महावाणिज्यदूत मेघा चौधरीले नेपाली नागरिकहरूको सहजताका लागि भीएफएससँग सहकार्य गरेको बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप