चेन्नईमा किन रोकियो विजयको ‘जन नायकन’को प्रदर्शन ?
मुम्बई । दक्षिण भारतीय सुपरस्टार थलापति विजयको बहुप्रतिक्षित फिल्म ‘जन नायकन’ केही दिनदेखि प्रदर्शनमा छ । फिल्मलाई लिएर दर्शकहरूमा निकै उत्साह देखिएको छ, तर हालै चेन्नईका केही सिनेमाघरहरूमा फिल्मको प्रदर्शन रोकिएको छ ।
चेन्नईमा चलिरहेको फिल्मको प्रदर्शन बिचैमा रोकिनुको कारण अन्य केही नभएर बालबालिका हुन् ।
फिल्ममा हेर्न बालबालिकाको उपस्थिति रहेको खुलेपछि फिल्म रोकिएको हो । प्रहरी अधिकारीहरूले एम्पा मलस्थित पीभीआर सिनेमाजमा बिहान ९ः२५ बजेको शोमा केही बालबालिकाहरूलाई फिल्म हेरिरहेको फेला पारेका थिए । सोही कारण प्रहरीले फिल्मको प्रदर्शन रोकिदिएको हो । यस्तै दृश्य अन्य केही सिनेमाघरहरूमा पनि देखिएको छ । फिल्ममा समावेश अत्यधिक हिंसा र बाल दुर्व्यवहारसम्बन्धी दृश्यहरूका कारण फिल्म सेन्सर बोर्डले ‘ए’ (एडल्ट) सर्टिफिकेट दिएको थियो । नियम अनुसार १८ वर्षभन्दा कम उमेरका बालबालिकाले यो फिल्म हेर्न पाउँदैनन् ।
फिल्मको शो अचानक रोकिएपछि सिनेमाघरमा रहेका दर्शक र थिएटर कर्मचारीहरूबिच लामो समयसम्म विवाद र भनाभन भएको छ । फिल्म हेर्न आएका अन्य दर्शकहरूले पनि यसको मार खेप्नुपर्यो । धेरै फ्यानहरूले सामाजिक सञ्जालमार्फत स्क्रिनिङ रोकिएकोमा निराशा र आक्रोश व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीसीटीभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
-
विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने
-
नागढुङ्गा सुरुङमार्ग उद्घाटन : पुरानो पुस्ताको आँखामा विकासको खुसी
-
आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण