बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसको नेतृत्वमा सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्छ : गोपालमान श्रेष्ठ

सोमबार, २८ पुस २०८२, १७ : ३८
सोमबार, २८ पुस २०८२

काठमाडाैँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले वर्तमान राजनीतिक संकट टार्नको लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जेनजी, नयाँ उदाएका शक्ति र राजनितिक दलको बिचमा गोलमेच सम्मेलन गर्नुपर्ने बताएका हुन् ।

उक्त सम्मेलनको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने उनको भनाइ छ । उनले अहिले राष्ट्रिय एकताको खाँचौ औँल्याए । कांग्रेसको नेतृत्वमा सबैलाई लिएर अगाडी बढ्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘सर्वसम्वत, सर्वदलीय जेनजीदेखि लिएर धेरै शक्तिहरु अहिले आएको छ, उनीहरुको गोलमेच सम्मेलन नेपाली कांग्रेसले गर्नुपर्छ । सबैलाई लिएर नेपाली कांग्रेसले नेतृत्व लिएर अगाडि बढ्नुपर्छ । यो महाधिवेशनले आफ्नो विधि विधानअनुसार निर्णय गर्नुपर्छ । त्यो निर्णयलाई कांग्रेसको विधानअनुसार मान्नुपर्छ । अहिले राष्ट्रिय एकताको खाँचो छ ।’

उनले विशेष महाविधेशनले विधानअनुसार निर्णय गर्नुपर्ने बताए । विशेष महाधिवेशनले गरेको निर्णय सबैले मान्नुपर्ने उनको भनाइ छ ।  –न्युज एजेन्सी नेपाल

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप