सामुदायिक वनबाट १० थान भरुवा बन्दुक बरामद
सारांश
- प्रहरीले सल्यान र बागलुङका सामुदायिक वनबाट १० थान भरुवा बन्दुक बरामद गरेको छ।
- सल्यानको त्रिवेणी गाउँपालिका र बागलुङको तमानखोला गाउँपालिकामा बन्दुकहरू फेला परेका थिए।
- प्रहरीले हतियार कसले लुकाएको हो भन्नेबारे अनुसन्धान सुरु गरेको छ।
काठमाडौँ । सल्यान र बागलुङका विभिन्न सामुदायिक वनहरूबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका १० थान भरुवा बन्दुक बरामद गरेको छ। सोमबार छुट्टाछुट्टै समयमा खटिएको प्रहरी टोलीले यी हतियारहरू फेला पारेको हो। वन क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा बन्दुकहरू फेला परेका हुन्।
सल्यानको त्रिवेणी गाउँपालिका–५ स्थित शान्ति सुरक्षा सामुदायिक वनबाट ६ थान भरुवा बन्दुक बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको विशेष टोलीले वन गस्ती गर्ने क्रममा ती बन्दुकहरू फेला पारेको हो। बरामद गरिएका हतियार कसले र कुन प्रयोजनका लागि त्यहाँ राखेको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
त्यस्तै बागलुङको तमानखोला गाउँपालिका–२ रानीकोटस्थित रानीकोट सामुदायिक वनबाट ४ थान भरुवा बन्दुक बरामद भएको छ। इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान ती हतियार फेला पारेको हो। प्रहरीले दुवै घटनाका सम्बन्धमा आवश्यक छानबिन भइरहेको र हतियार राख्ने व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण