भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रशान्त तामाङको निधन प्रति दुःख व्यक्त
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गायक तथा अभिनेता प्रशान्त तामाङको निधनप्रति दुःख व्यक्त गरेका छन्।
- मोदीले तामाङकी पत्नीलाई शोकपत्र पठाउँदै प्रशान्तको निधनले अपुरणीय क्षति पुगेको जनाए।
- मोदीले तामाङको गायन र अभिनयको प्रशंसा गर्दै उनी धेरै मानिसहरूका लागि प्रेरणाको स्रोत भएको बताए।
काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । उनले तामाङकी पत्नीलाई एक शोकपत्र पठाउँदै प्रशान्तको निधनले अपुरणीय क्षति पुगेको जनाएका छन् ।
मोदीले प्रशान्तको गायन र अभिनयको प्रशंसा गर्दै मनोरञ्जनको दुनियाँमा एक विशिष्ट स्थान बनाउन सफल ब्यक्तिको रुपमा चर्चा गरेका छन् । उनले प्रशान्त अनगिन्ती मानिसहरूका लागि प्रेरणाको स्रोत समेत भएको बताएका छन् ।
यस्तो छ पत्र :
श्रीमती मार्था आले तामाङज्यू,
श्री प्रशान्त तामाङज्यूको असामयिक निधनको स्तब्ध पार्ने खबरले मलाई अत्यन्त दुःखी र मर्माहत बनाएको छ। यो एक अपूरणीय क्षति हो।
आफ्नो सुमधुर गायन र उत्कृष्ट अभिनयमार्फत श्री प्रशान्त तामाङज्यूले मनोरञ्जनको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाउनुभएको थियो। दृढ सङ्कल्प र विशाल प्रतिभाका प्रतीक, उहाँले देशभरका करोडौँ मानिसहरूको मन जित्नुभएको थियो।
श्री प्रशान्त तामाङज्यू अनगिन्ती मानिसहरूका लागि प्रेरणाको स्रोत हुनुहुन्छ, जसले उहाँको कथामा आफ्नै आकांक्षाहरू देख्छन्। उहाँको जीवन यात्राले युवाहरूलाई सपनामा विश्वास गर्न र ती पूरा गर्न कडा परिश्रम गर्न प्रेरित गरिरहनेछ।
उहाँसँग बिताएका पलहरूको सम्झनाले यो कठिन घडीमा परिवारलाई सान्त्वना र ढाडस प्रदान गर्नेछ।
ईश्वरले शोकाकुल परिवारजन तथा उहाँका असंख्य प्रशंसकहरूलाई यो गहिरो पीडा सहन गर्ने शक्ति र धैर्य प्रदान गरून्।
(नरेन्द्र मोदी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण