हेटौंडा–काठमाडौँ चल्ने सुमोका चालक लागुऔषध प्रयोगकर्ता, ११ जना पक्राउ
हेटौँडा । हेटौँडा–कुलेखानी–काठमाडौँ छोटो दूरीको मार्गमा चल्ने सुमोका चालकहरूले लागुऔषध प्रयोग गर्ने गरेको पाइएको छ ।
सवारीसाधन चलाउँदा सुमो तथा ईभी यात्रुवाहक सवारी चालकहरूले लागुऔषध सेवन गरेर पाइएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला जनस्वास्थ्य कार्यालय हेटौँडा र सवारी यान्त्रिक परीक्षण कार्यालय हेटौंडाको संयुक्त टोलीले चेक जाँचका क्रममा उक्त तथ्य फेला परेको हो ।
मंगलबार भीमफेदी अस्पतालका चिकित्सक डा. प्रवीण पाठकसहित टोलीले १११ जना सवारी चालकको पिसाब परीक्षण गर्दा ११ जनाले लागुऔषध सेवन गरेको पाइएको हो । इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सन्त श्रेष्ठका अनुसार लागुऔषध सेवन गर्ने ११ जनामध्ये ९ जना सार्वजनिक यातायातका चालक रहेका छन् । उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
पक्राउ पर्नेमा ६ जना सुमो चालक र ३ जना ईभी (विद्युतीय) गाडी चालक रहेको र अन्य २ जना भने फलफूल र माछा बोक्ने सवारी साधनका चालक रहेको उनले बताए । पहाडी क्षेत्रको घुमाउरो र साँघुरो सडकमा सवारी दुर्घटना बढ्न थालेपछि ट्राफिक प्रहरीको समन्वयमा चालक र सवारीको विशेष परीक्षण सुरु गरिएको उनको भनाइ छ । यात्रुको जीउधनलाई जोखिममा पार्दै लापरवाहीपूर्वक सवारी चलाउने ती चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिई उनीहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने उनले बताए ।
गत पुस २० गते भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना१ज १७७८ नम्बरको टाटा सुमो दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए । हाल उनीहरूको उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण