उत्तर कोरियाले भन्यो- दक्षिणसँग सम्बन्ध सुध्रिने सम्भावना छैन
काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियासँग सम्बन्ध सुधारको कुनै सम्भावना नरहेको बताएको छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ ऊनकी बहिनी किम यो जोङले सम्बन्ध सुधारको सम्भावनालाई अस्वीकार गरेकी हुन् ।
सीमा क्षेत्रमा ड्रोन उडाइएको घटनापछि दक्षिण कोरियाले संवादको सम्भावना रहेको संकेत गरेको थियो । किम उत्तर कोरियाको सत्तारुढ वर्कस पार्टीकी उच्च तहकी सदस्य हुन् ।
ड्रोन घटना उत्तर कोरियाको सार्वभौमिकतामाथिको गम्भीर उक्साहट भएको दाबी गर्दै जोङले सम्बन्ध सुधारसम्बन्धी दक्षिण कोरियाका कुनै पनि आशा पूरा नहुने बताइन् । सेप्टेम्बर र डिसेम्बरका केही दिन सीमावर्ती क्षेत्रमा ड्रोन उडेका थिए । ती ड्रोन दक्षिण कोरियाले पठाएको उत्तरको आरोप छ ।
उत्तर कोरियाले सीमावर्ती क्षेत्रमा खसालिएका भनिएका ड्रोनका तस्बिर समेत सार्वजनिक गरेको छ । यो घटनापछि दक्षिण कोरियाले छानबिन गरेको थियो । ती ड्रोन आफ्ना सेनाले प्रयोग नगर्ने मोडेलको भएको उसको भनाइ छ । दक्षिण कोरियाका राष्ट्रपति ली जेए म्युङले ती घटनालाई कोरियाली प्रायद्वीपको शान्ति र राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने गम्भीर अपराध भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण