२ करोड ६६ लाख बिगो रकम तोकिएका फरार प्रतिवादी पक्राउ
बुधबार, ३० पुस २०८२, १७ : ४६
सारांश
- बाराको जितपुरबाट बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ४० वर्षीय श्री तामाङ रहेका छन्, उनलाई भक्तपुरबाट पक्राउ गरिएको हो।
- तामाङलाई २ करोड ६६ लाख रुपैयाँ बिगो बराबरको बैंकिङ कसुर मुद्दामा अनुसन्धानका लागि भक्तपुर पठाइएको छ।
काठमाडौँ । बाराको जितपुरबाट बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । मंगलबार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ स्थायी घर भई ललितपुरको इमाडोल बस्ने ४० वर्षीय श्री तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
तामाङलाई २०८२ साल असार ३१ गते जिल्ला अदालत भक्तपुरले पक्राउ पुर्जी जारी गरेको थियो । उनीमाथि २ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो रकम तोकिएको छ ।
तामाङ विरुद्ध २०८२ भदौ ३ र ८ गते जिल्ला प्रहरी परिसर भक्तपुर र भदौ ५ गते जिल्ला प्रहरी परिसर, काठमाडौँमा बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो ।
पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण