रुकुम पश्चिमको भिडन्त रोचक : रास्वपाद्वारा पूर्वमाओवादीको नाम एकल सिफारिस
सारांश
- रास्वपाले रुकुम पश्चिममा फागुन २१ गते हुने चुनावका लागि जिल्ला अध्यक्ष मानबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
- मानबहादुर शाही माओवादी पृष्ठभूमिबाट आएका हुन् र उनले रास्वपामा प्रवेश गरेर चुनाव लड्दैछन्।
- इन्जिनियर शाही जाजरकोट भूकम्पमा रास्वपाको तर्फबाट अस्थायी आवास निर्माणको नेतृत्व गरेका थिए।
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुकुम पश्चिममा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवार टुंगो लगाएको छ । बुधबार बसेको जिल्ला कमिटीको बैठकले पार्टीका जिल्ला अध्यक्ष मानबहादुर शाहीलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउन एकल नाम सिफारिस गरेको हो ।
रास्वपाले अघि सारेका शाहीको राजनीतिक पृष्ठभूमि माओवादी हो । २०७९ सालको चुनावसम्म माओवादी राजनीतिमै सक्रिय रहेका उनी पार्टीभित्र असन्तुष्टि बढेपछि रास्वपामा प्रवेश गरेका थिए । अब उनले आफ्नै पूर्व राजनीतिक स्कुलिङ भएका ‘हेभीवेट’ नेताहरूसँग चुनावी मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।
पेसाले इन्जिनियर रहेका शाही युवा पुस्तामाझ परिचित छन् । जाजरकोट भूकम्पका बेला रास्वपाको तर्फबाट अस्थायी आवास निर्माण अभियानको नेतृत्व गरेर उनले प्रशंसा बटुलेका थिए ।
शाहीको उम्मेदवारीसँगै रुकुम पश्चिमको चुनावी प्रतिस्पर्धा निकै रोचक बन्ने देखिएको छ । यहाँबाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट प्रभावशाली नेता जनार्दन शर्मा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट गोपाल शर्मा र नेकपा एमालेबाट नन्दाराम देवकोटा चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण