आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

टिचिङपछि गंगालालले पनि रोक्यो स्वास्थ्य बीमा सेवा

बुधबार, ३० पुस २०८२, १८ : ५५
बुधबार, ३० पुस २०८२

काठमाडौँ । सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र (गंगालाल अस्पताल) ले पनि स्वास्थ्य बीमा सेवा रोकेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) अस्पतालले सेवा स्थगित गरेको दुई दिनपछि अर्को ठुलो सरकारी अस्पतालले यो कार्यक्रम स्थगित गरेको हो ।

अस्पतालले सूचना जारी गर्दै माघ १ गतेदेखि यस्तो सेवा उपलब्ध नगराउने जनाएको हो । स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना पाउनुपर्ने रकम नपाएका कारण बीमा कार्यक्रम स्थगित गर्नुपरेको अस्पतालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप