रवि विरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता, सहकारीको यथावत
सारांश
- महान्यायाधिवक्ता कार्यालयले रवि लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन स्वीकृति दिएको छ।
- लामिछानेविरुद्ध कास्की, रुपन्देही, काठमाडौँ र पर्सा जिल्ला अदालतमा मुद्दा चलिरहेका थिए।
- सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहनेछ।
काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा चलिरहेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन सम्बन्धित सरकारी वकिल कार्यालयलाई स्वीकृति दिएको छ ।
लामिछानेविरुद्ध कास्की, रुपन्देही, काठमाडौँ र पर्सा जिल्ला अदालतमा सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ ।
महान्यायाधिवक्ता यो निर्णयसँगै सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्धको मुद्दा फिर्ता लिन सक्नेछन् ।
उनीमाथि सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।
सहकारीको मुद्दा यथावत रहेको महान्यायाधिवक्ता कार्यालयले बतायो । मुद्दा फिर्ता लिएको नभई संशोधन मात्रै गरिएको एक नायव महान्यायाधिवक्ताले बताए ।
महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालय संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिनेछन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण