बागमती मन्त्रिपरिषद् बैठक : निजामती सेवा नियमावली लोक सेवा आयोगमा पठाउने
सारांश
- बागमती मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा नियमावली लोक सेवा आयोगमा पठाउने निर्णय गर्यो।
- बैठकले प्रादेशिक कृषि थोकबजार सञ्चालनसम्बन्धी मस्यौदा र विज्ञान प्रविधि नवप्रवर्द्धन विकास कोष सञ्चालनको मस्यौदा अनुमोदन गर्यो।
- सांसदहरूको स्वकीय सचिवको तलवभत्ता सुविधासम्बन्धी समस्या समाधान गर्न प्रदेश ऐनअन्तर्गत कार्यान्वयन गरिनेछ।
मकवानपुर । बागमती मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले प्रदेश निजामती सेवा नियमावलीको मस्यौदा परामर्शका लागि लोक सेवा आयोगमा पठाउने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवं प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार बैठकले प्रादेशिक कृषि थोकबजार सञ्चालनसम्बन्धी मस्यौदालाई स्वीकृत गरेको छ । विज्ञान प्रविधि नवप्रवर्द्धन विकास कोष सञ्चालनको मस्यौदा २०८२ लाई सो बैठकले अनुमोदन गरेको छ ।
प्रदेशको विभिन्न मन्त्रालयबाट सिफारिस भई आएको राष्ट्रिय गौरवको आयोजना र बहुवर्षीय योजनालाई तत्काललाई कार्यान्वयन ल्याउन आर्थिक मामिला तथा योजना मन्त्रालयलाई बजेट विनियोजित गर्न स्वीकृत प्रदान गरेको सरकारको प्रवक्ता प्रभात तामाङले जानकारी दिए ।
यसैगरी, सो बैठकले प्रदेशका सांसदहरूको स्वकीय सचिवको तलवभत्ता सुविधासम्बन्धी समस्यालाई लिएर निकास दिन प्रदेश ऐनको मातहतमा रहेर कार्यान्वयन गर्ने निर्णय गरिएको प्रवक्ता तामाङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण