नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुद नाफा ४ अर्ब ३३ करोड
सारांश
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको ३९औँ वार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न भयो।
- बैंकले आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ३३ करोड खुद मुनाफा आर्जन गर्यो।
- बैंकको कुल निक्षेप, कर्जा प्रवाह, र लगानीमा उल्लेख्य वृद्धि भएको छ।
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो ३९औँ वार्षिक साधारण सभा बुधबार काठमाडौँमा सम्पन्न गरेको छ। बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा सम्पन्न उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र वित्तीय विवरणहरू पारित गरेको छ।
आर्थिक वर्ष २०८१/८२ मा बैंकले ४ अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। बैंकको कुल निक्षेप ६९ अर्ब ४८ करोडले वृद्धि भई ४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह क्षेत्रमा २० अर्ब ८४ करोड विस्तार भई खुद कर्जा तथा सापट रकम ३ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ। यसैगरी बैंकले आफ्नो लगानीलाई ३५ अर्ब ८७ करोडले बढाउँदै १ खर्ब ४२ अर्ब रुपैयाँ पुर्याएको जानकारी दिएको छ।
संस्थाको वित्तीय अवस्थाबारे जानकारी दिँदै बैंकले हाल चुक्ता पूँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल शेयरधनी कोष ६४ अर्ब ९८ करोड रुपैयाँ पुगेको जनाएको छ। हाल बैंकले देशभर रहेका २७१ शाखा, २५९ एटीएम, ६५ एक्स्टेन्सन काउन्टर र ६० शाखारहित बैंकिङमार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण