विशेष महाधिवेशन : गण्डकीबाट कोको चुनिए ? (पदाधिकारी र केन्द्रीय सदस्यको सूची)
सारांश
- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ टिम चयन गरेको छ।
- नयाँ टिममा गण्डकी प्रदेशबाट पदाधिकारी र केन्द्रीय सदस्यहरू निर्वाचित भएका छन्।
- प्रदीप पौडेल महामन्त्रीमा निर्वाचित भएका छन् भने विभिन्न जिल्लाका व्यक्तिहरू सदस्यमा चयन भएका छन्।
पोखरा । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुनिएको छ । गगनकुमार थापाको नेतृत्वमा बनेको नयाँ टिममा गण्डकीबाट पदाधिकारीसहित केन्द्रीय सदस्यहरू समेटिएका छन् ।
पदाधिकारीमा तनहुँका प्रदीप पौडेल महामन्त्री बनेका छन् । उनी यसअघि १४ औँ महाधिवेशनबाट महामन्त्रीमै पराजित भएका थिए ।
सदस्यहरूमा पर्वतका अर्जुन प्रसाद जोशी, गोरखाका चिनकाजी श्रेष्ठ, टेकराज पौडेल, जगदिशचन्द्र उपाध्याय, तनहुँका ध्रुव वाग्ले, कास्कीका देवराज चालिसे, तिलक रानाभाट चयन भएका छन् ।
महिलामा बागलुङकी चम्पादेवी खड्का र तनहुँकी चिनु पोखरेल चयन भए भने विष्णुदेवी पाण्डे भूगोलबाट महिला सदस्य बनेकी छिन् । चम्पा प्रदेश सभा सदस्य हुन् । उनी प्रदेश सभाको प्रदेश मामिला तथा कानुन समिति सभापति छिन् ।
भूगोलबाट केन्द्रीय सदस्यमा कास्कीका कृष्ण केसी र म्याग्दीका रेशम बानियाँ केन्द्रीय सदस्य बनेका छन् । अपांगताबाट तनहुँका प्रकाश पन्थ, आदिवासी जनजाति खुलामा बागलुङका भीम श्रीस, आदिवासी जनजातिमा महिलाबाट गोरखाकी मनकुमारी गुरुङ, खसआर्य महिलामा पर्वतकी मुना भुषाल, पुरुषमा नवलपुरका विष्णुकुमार कार्की, मुश्लिममा गोरखाका अब्दुल सत्तार चयन भए ।
मुस्लिमबाट महिलामा पर्वतकी सनम बेगम, दलित क्लष्टरमा गोरखाका दिनेश सुनार चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण