सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

गाजामा स्वास्थ्य सेवा जबरजस्ती बन्द गर्न इजरायलली सेनाको आदेश

बिहीबार, ०१ माघ २०८२, १२ : ५८
बिहीबार, ०१ माघ २०८२

सारांश

  • इजरायली सेनाले युएनआरडब्लुएद्वारा सञ्चालित स्वास्थ्य केन्द्रमा छापा मारेर बन्द गर्न आदेश दिएको छ।
  • इजरायली सेनाको उक्त कदमले प्यालेस्टिनी शरणार्थीहरूलाई स्वास्थ्य सेवाबाट वञ्चित गरेको छ।
  • यो कदम इजरायली संसदले पारित गरेको प्यालेस्टिनी शरणार्थी विरोधी कानूनको परिणाम हो।

गाजा । संयुक्त राष्ट्रसङ्घीय निकाय (युएनआरडब्लुए) का आयुक्त–जनरल फिलिप लाजारिनीले इजरायली सेनाले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्दै संस्थाद्वारा सञ्चालित स्वास्थ्य केन्द्रमा छापा मारेको जानकारी दिएका छन्। लाजारिनीका अनुसार इजरायली सुरक्षा बल पूर्वी जेरुसेलममा रहेको युएनआरडब्लुए र संयुक्त राष्ट्रसङ्घको परिसरभित्र प्रवेश गरी त्यहाँ सञ्चालित स्वास्थ्य केन्द्र बन्द गर्न आदेश दिएको हो।

इजरायली सेनाको यो कदमले प्यालेस्टिनी शरणार्थीहरूलाई प्राथमिक स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित गरेको छ। सेनाले ती स्वास्थ्य केन्द्रहरूलाई आगामी ३० दिनका लागि पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ। यसका साथै आगामी हप्तादेखि युएनआरडब्लुएले उपलब्ध गराउँदै आएका सुविधाहरूमा पानी र बिजुलीको आपूर्ति समेत कटौती गरिने सूचना जारी गरिएको लाजारिनीले सामाजिक सञ्जाल एक्समार्फत उल्लेख गरेका छन्।

यो कदम इजरायली संसदले गत डिसेम्बरमा पारित गरेको प्यालेस्टिनी शरणार्थी विरोधी कानूनको प्रत्यक्ष परिणाम भएको जनाइएको छ। उक्त कानूनले सन् २०२४ मा अपनाइएका युएनआरडब्लुए विरोधी प्रावधानहरूलाई थप प्रश्रय दिएको लाजारिनीको भनाइ छ।

यद्यपि, अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) को पछिल्लो फैसलाले भने सम्बन्धित अधिकारीहरू अन्तर्राष्ट्रिय कानून अन्तर्गत युएनआरडब्लुएको सञ्चालनलाई सहज बनाउन र सहयोग गर्न बाध्य रहने स्पष्ट पारेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप