वैदेशिक रोजगारीका नाममा २८ लाखभन्दा बढी ठगी गर्ने पाँच जना पक्राउ
सारांश
- प्रहरीले वैदेशिक रोजगारीको प्रलोभन देखाई २८ लाख ७० हजार ठगी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेहरूमा ताप्लेजुङ, रूकुम, अर्घाखाँची, काभ्रे र काठमाडौंका व्यक्तिहरू छन्, जसले विभिन्न देशमा पठाउने भन्दै रकम असुलेका थिए।
- पक्राउ परेका व्यक्तिहरूले युएई, माल्दिभ्स, बेलायत र अमेरिका पठाउने भन्दै रकम ठगी गरेको खुलेको छ।
प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाई २८ लाख ७० हजार रुपैयाँ ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ताप्लेजुङकी ३७ वर्षीया सुनिता इधिङगो लिम्बू, रूकुम पश्चिमका ३० वर्षीय अभिशेष कराला, अर्घाखाँचीका ४६ वर्षीय चेतनारायण आचार्य, काभ्रेपलाञ्चोकका ४९ वर्षीय रेशमलाल लामा तामाङ र काठमाडौँकी ४२ वर्षीया निलिमा श्रेष्ठ छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूले पीडितहरूबाट मोटो रकम असुल गरी सम्पर्कविहीन भएको उजुरीका आधारमा विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
पक्राउ परेकामध्ये सुनिताले युएई पठाउने भन्दै एक लाख ५० हजार, अभिशेषले माल्दिभ्स पठाउने भन्दै तीन लाख ४० हजार र चेतनारायणले बेलायत पठाउने भन्दै १३ लाख ६० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। त्यसैगरी रेशमलालले अमेरिका पठाउने आश्वासन दिएर नौ लाख र निलिमाले बेलायत पठाउने भन्दै १२ लाख रुपैयाँ लिएर ठगी गरेको अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रवक्ता आचार्यले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण