जनकपुरधाममा टिपरको ठक्करबाट एकको मृत्यु, एक महिला गम्भीर घाइते
सारांश
- जनकपुरधाममा टिपरले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ, भने एक महिला गम्भीर घाइते भएकी छिन्।
- शुभचोकमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा ७५ वर्षीय राजकिशोर यादवको घटनास्थलमै मृत्यु भयो।
- रामानन्द चोकमा साइकललाई टिपरले ठक्कर दिँदा ३० वर्षीया नितु साह गम्भीर घाइते भइन् र काठमाडौं पठाइयो।
धनुषा । जनकपुरधामका दुई छुट्टाछुट्टै स्थानमा टिपरले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्।
आज जनकपुरधामको शुभचोकमा ना८ख ८२५७ नम्बरको टिपरले ज७प २८३७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा धनुषाको क्षिलेश्वनाथ नगरपालिका रमदैयाभवाडीका ७५ वर्षीय राजकिशोर यादवको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रुगमबहादुर कुँवरका अनुसार तीव्र गतिका कारण उक्त दुर्घटना भएको हो।
त्यस्तै, जनकपुरधामकै रामानन्द चोकमा प्रदेश २–००३१ क ०७७५ नम्बरको टिपरले साइकललाई ठक्कर दिँदा मिथिला बिहारी नगरपालिका–७ की ३० वर्षीया नितु साह गम्भीर घाइते भएकी छन्। उनको जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी प्रवक्ता गणेशबहादुर बमले जानकारी दिएका छन्। जनकपुरधाम उपमहानगरपालिकाभित्र ठूला र भारी सवारीसाधनको अव्यवस्थित सञ्चालनका कारण पछिल्लो समय दुर्घटनाको जोखिम निकै बढ्दै गएको छ।
बजार क्षेत्रमा समय र रुट निर्धारण नगरी टिपर, ट्रक र बस जस्ता सवारीसाधन चल्दा सर्वसाधारणको जनजीवन असुरक्षित बनेको छ। दुर्घटनापछि आक्रोशित स्थानीयले टिपरमा तोडफोड गर्नुका साथै आगजनीको प्रयास समेत गरेका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिई मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाएको छ भने दुवै घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। व्यस्त स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण